पश्चिम मेदिनीपुर, 25 नोभेम्बर (हि.स.)। नारायणगढ़को बेल्टीमा जंगली हात्तीहरूले आतङ्क मचाएको छ। केही दिनअघि हात्तीको बथान खाजरा बीटको गोवालडांगा क्षेत्रमा प्रवेश गरेको थियो। 20-22 वटा हात्तीहरू रहेको त्यस बथानलाई कोलाइकुण्डा रेञ्जमा पठाइयो, तर बथानबाट दुईवटा हात्ती यसै क्षेत्रमा छोडियो। गए सोमवार राती यी दुई हात्तीलाई नारायणगढ़को न्यू डिही र बेल्टी क्षेत्रमा देखियो। यद्यपि कुनै ठूलो नोक्सान गरेको समाचार छैन।
सन्ध्याकालमा वन विभागले यी दुई हात्तीलाई केशियारी र हाथिगड़िया जंगल तर्फ लैजाने प्रयास गऱ्यो। हुलापार्टीको माध्यमबाट हात्तीहरूलाई हटाउने काम गरियो। वन विभागानुसार यी दुई हत्ती भिन्नै थियो, पुरानो बथानमा सामेल थिएन। विभागले अऩुमान व्यक्त गरेको छ, यी हात्तीहरू कुनै कारणवश बथानबाट छुट्टिएको हुनसक्छ।
वन विभागीय सूत्र अनुसार 20 वटा हात्तीहरूको बथान वर्तमानमा कोलाइकुण्डा रेञ्जको बासन्तपरी जंगलमा अवस्थित छ। गए सोमवार राती यी दुई हात्ती बेल्टीमा थियो जसले धानको खेतमा पसेर क्षति पुऱ्याएको थियो। वन विभागका अधिकारीहरूले घटनास्थलमा उपस्थित रहेर हात्तीहरूलाई जंगल तर्फ लैजाने प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
