मुम्बई, 8 दिसम्बर (हि.स.)। क्यान्सर रोगद्वारा पीड़ित प्रख्यात अभिनेता जुनियर महमूदको निधन भयो। 67 वर्षीय अभिनेताको हिजो अबेर राती लगभग दुई बजे आफ्नै घरमा निधन भएको थियो। उनको निधन भएको पुष्टि उनको फ्यामिली फ्रेण्ड सलाम काजीले गरेका छन्।
वास्तवमा क्यान्सर रोगले ग्रस्त चर्चित अभिनेता जुनियर महमूद विगत लामो समयदेखिकै बिरामी थिए। उनको पार्थिव शरीरको अन्तिम संस्कार जुहूस्थित श्मशान घाटमा गरिनेछ। उनले आफूपछि पत्नी, दुई सन्तान एकजना बुहारी र एकजना नातीलाई छोड़ेर गएका छन्। नईम सैयदलाई जुनियर महमूदको नामले चिनिन्थ्यो। उनलाई ””जुनियर महमूद”” नाम महमूद अलीले दिएका थिए। जुनियर महमूद बितेका दुई महिनादेखिकै बिरामी थिए। उनको शारीरिक तौल घट्दै गएपछि परीक्षण गरियो जसमा उनलाई क्यान्सर रहेको थाहा लाग्यो।
जुनियर महमूदले 7 वटा अलग-अलग भाषाहरूमा लगभग 265 वटा फिल्ममा अभिनय गरेका छन् भने 6 वटा मराठी फिल्मको निर्माण र निर्देशन पनि गरेका छन्। उनले अभिनेता सचिन पिलगाँवकर र जितेन्द्रसित धेरैवटा फिल्महरूमा काम गरेका छन्। सचिन र जुनियर महमूद बाल्यकालदेखि नै साथी थिए। केही दिनअघि उनले सचिन र जितेन्द्रसित भेट गर्ने इच्छा व्यक्त गरेका थिए जसपश्चात सचिन र जितेन्द्रले उनीसित भेट गरेका थिए।
जुनियर महमूद र सचिन पिलगाँवकरले आफ्नो करियरको शुरूआत बाल कलाकारको रूपमा गरेका थिए। दुवैले ””बचपन””, ””गीत गाता चल”” औ ””ब्रह्मचारी”” जस्ता फिल्महरूमा सँगै काम गरेका छन्। जुनियर महमूदले जीतेन्द्रसित ””सुहाग रात””, ””कारवां””, ””सदा सुहागन”” समेत अन्य धेरैवटा फिल्महरूमा काम गरेका छन्। ””नैनिहाल”” उनको पहिलो फिल्म थियो। उनले परिवार, ब्रह्मचारी, फरिश्ता, प्यार ही प्यार, कट्टी पतंग, आन मिलो सजना, कर्ज चुकाना है.. लगायत अन्य फिल्महरूमा अभिनय गरेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
