
नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। अहिलेघरि सम्पूर्ण उत्तर भारत भीषण शीतलहरको चपेटमा परेको छ। राष्ट्रिय राजधानी दिल्ली लगायत यस वरपरका जिल्लाहरूमा अत्यधिक जाड़ोको कारणले मानिसहरू घरभित्रै बस्न बाध्य भइरहेका छन्। घना कुहिरोले बितेका केही दिनदेखिकै रेल अनि विमान यात्रीहरूलाई समस्यामा पार्दै आइरहेको छ।
एक वरिष्ठ रेल अधिकारीले मङ्गलवार बिहान बताए, आज घना कुहिरोको कारणले देशका विभिन्न भागहरूदेखि दिल्ली आउने 30 वटा रेलगाड़ीहरू विलम्ब गरी चलिरहेका छन्। भारत मौसम विज्ञान विभाग अनुसार कुहिरो अनि कम दृश्यताले गर्दा दिल्लीको इन्दिरा गान्धी हवाईअड्डामा कतिपय उड़ानहरूको सञ्चालनमा ढिल्याई भयो। विभागले बतायो, आज बिहान 5:30 बजे दिल्लीको सफदरजङ्गको तापमान 4.8 पालमको 7.2 डिग्री सेल्सियस दर्ता गरिएको छ। यसबेला कर्तव्य पथमा बाक्लो कुहिरोबीच पनि गणतन्त्र दिवस परेडको रिहर्सल जारी छ।
भारत मौसम विज्ञान विभागको भनाइ छ, उत्तर भारतले अझ चार-पाँच दिनसम्म कुहिरोको सामना गर्न पर्नसक्छ। पलाम हवाईअड्डामा बिहान 7 बजे 100 मीटर अनि सफदरजङ्ग हवाईअड्डामा 7:30 बजे 50 मीटर दृश्यता दर्ता गरियो। यसबीच दिल्ली हवाईअड्डाले विमान यात्रीहरूको निम्ति सल्लाह जारी गरेको छ जसमा यात्राको लागि घरबाट हिँड़्नअघि एयरलाइन्ससित सम्पर्क गरियोस्।
यसअघि हिजो सोमवार बिहान दिल्ली हवाईअड्डामा पाँचवटा उड़ानहरूलाई डायभर्ट गरिएको थियो। 30 वटा उड़ानहरूमा ढिल्याई भएको थियो भने 17 वटालाई रद्द गरिएको थियो। मौसम विज्ञान विभाग मुताविक आज पश्चिमी विक्षोभले पश्चिमी हिमालय क्षेत्रलाई प्रभावित पार्नसक्छ। यसले गर्दा 16 र 17 जनवरीमा जम्मू-कश्मीर, लद्दाख, हिमाचल प्रदेश एवं उत्तराखण्डमा वर्षा अनि हिमपात हुनसक्छ।
हिन्दुस्थान समाचार/उष्णता
