मुम्बई, 10 फरवरी : महाराष्ट्रको जालना जिल्लाको ग्राम अन्तरवाली सराटीमा मराठा आरक्षणको निम्ति मराठा समाजका नेता मनोज जारांगे पाटिलले शनिवारदेखि अनिश्चितकालीन अनशन शुरू गरेका छन्। मनोज जारांगेले तेस्रोपल्ट आरक्षणको निम्ति अनशन गरेका हुन्। उनले यसपाली आरक्षण नपाएसम्म उनको अनशन जारी रहने बताएका छन्।
मनोज जारांगेले पत्रकारहरूलाई भने, उनलाई सरकारले मराठा समाजलाई कुन्बी जातिको प्रमाणपत्र दिने र मराठा आन्दोलन अवधि मराठा युवकहरूमाथि दर्ता भएको मामिला फिर्ता लिने आश्वासन दिएको थियो। यस कारण उनले पहिला सरकारको आश्वासनपछि आफ्नो अनशन समाप्त गरेको थियो, तर सरकारले आफ्नो आश्वासनलाई पूरा गर्न अहिलेसम्म कुनै प्रयास गरेको छैन। यस कारण आफु फेरि अनशनको निम्ति बाध्य बनेको उनले बताए।
उनले अझ भने, सरकारले चॉंडोभन्दा चॉंडो विधानसभाको विशेष अधिवेशन बोलाएर मराठा समाजका मानिसहरूलाई जाति सम्बन्ध र वंशावलीको आधारमा कुन्बी जातिको प्रमाणपत्र दिन कानुन पारित गर्नुपर्छ। जबसम्म उनको माग पूरा हुॅंदैन तबसम्म अनशन जारी रहने उनले बताएका छन्।
