बेगूसराय, 28 नोभेम्बर (हि.स.)। केन्द्रिय ग्रामीण विकास एवं पञ्चायती राजमन्त्री गिरिराज सिंहले बिहार सरकारद्वारा हिन्दुहरूको पर्व-तिहारको अवकाशमा कटौती गरेर मुस्लिमको पर्वमा अवकाश बढ़ाइएकोमा विरोध गरेका छन्। उनले भने, इस्लामिक रिपब्लिक अफ् बिहार बनाउने प्रयास गरिँदैछ।
शिक्षा विभागद्वारा वर्ष 2024-मा घोषित अवकाश सूचीको विरोध गर्दै गिरिराज सिंहले भने, नीतीश र लालू यादवको सरकारले स्कूलहरूमा मुस्लिम पर्वको छुट्टी बढ़ायो भने हिन्दु पर्वहरूको अवकाश घटायो। बिहारमा धेरैवटा हिन्दु पर्वहरूको अवकाशलाई घटाएको छ भने ईद, मुहर्रमको अवकाश बढ़ाइएको छ। यो पनि गजवा-ए-हिन्दको एउटा अङ्ग हो।
गिरिराज सिंहले भने, नीतीश कुमारको सरकारले तेस्रो पटक तुगलकी फरमान जारी गरेको छ जसमा हिन्दुहरूको अवकाशमा कटौती गरिएको छ। महाशिवरात्रि र जन्माष्टमी जस्ता महापर्वहरूको अवकाशमा कटौती गरी मुसलमानहरूको ईद र बकरीदको अवकाशलाई बढ़ाइयो। यसको औचित्य के हो। बिहारमा नीतीश सरकारले इस्लामिक धर्मको आधारमा किन काम गरिरहेको छ।
अररिया, पूर्णिया, कटिहार अनि किशनगञ्ज जस्ता जिल्लाहरूको स्कूलमा आइतवारको सट्टा शुक्रवारको दिन छुट्टी दिइन्छ। यसबाट यस्तो लाग्छ सारा बिहारमा शुक्रवारको दिन नै छुट्टी दिने योजना बनाइँदैछ। हिन्दुहरूको पर्वमा कटौती गरिएका छुट्टीहरूलाई पुनः बहाल नगरिए यसको परिणाम बिहार सरकारले भोग्नुपर्नेछ। लालू यादवलाई मो. लालू एवं नीतीश कुमारलाई मो. नीतीशको नामले चिनिनेछ।
गिरिराज सिंहले भने, एक षड़यन्त्र अन्तर्गत हिन्दुहरूको भावनामाथि कुठाराघात गरिरहेको छ। तुष्टीकरण एवं भोट ब्याङ्कको लागि हिन्दुहरूको पर्व-तिहारहरूको छुट्टीलाई रद्द गरिँदैछ। भर्खरै जारी आदेश पनि यस्तै छ। सनातन संस्कृतिलाई मास्ने षड़यन्त्र रचेर पढ़ाई बाधित हुने बहाना बनाइँदैछ। तीज एवं जीवित पुत्रिका व्रत गर्ने महिला शिक्षिकाहरूले उपवासको बेलामा कसरी पढ़ाउन सक्नेछन्।
हिन्दुस्थान समाचार/ उष्णता
