
नयाँ दिल्ली, 28 नोबेम्बर (हि.स.)। राष्ट्रिय पुरस्कार विजेता पङ्कज त्रिपाठी अभिनीत फिल्म ‘मैं अटल हूं’ आगामी वर्षको 19 जनवरीमा सिनेमा घरहरूमा प्रदर्शन हुनेछ। पङ्कज त्रिपालीले सो जानकारी गराउँदै आफ्नो इन्स्टाग्राम अकाउण्टमा ‘मैं अटल हूं’ -को पोस्टर अपलोड गरेका छन्।
‘मैं अटल हूं’ फिल्म देशका लोकप्रिय नेता औ पूर्व प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको बायोपिक हो। भारत रत्न अटल बिहारी वाजपेयीको बायोपिकमा अभिनेता पङ्कज त्रिपाठी प्रमुख भूमिकामा छन्। उनको असाधारण जीवन यात्रालाई पङ्कजले जीवन्त बनाएका छन्। ‘मैं अटल हूं’- को निर्देशन रवि जाधव औ ऋषि विरमानीले गरेका छन् भने यसका निर्माता विनोद भानुशाली, सन्दीप सिंह र कमलेश भानुशाली रहेका छन्।
पङ्कज त्रिपाठीले पोस्टरको क्याप्शनमा लेखेका छन्- ‘सुनको हृद्य… इस्पातको मान्छे… एक बहुमुखी कवि… नयाँ भारतका पछाड़िका दूरदर्शी। श्री अटल बिहारी वाजपेयीको कथाको साक्षी बन्नुहोस्।’ पोस्टरमा लेखिएको छ- ‘एक कवि जसले इतिहासलाई पुनः लेखे।’
हिन्दुस्थान समाचार/उष्णता
