पटना, 30 दिसम्बर (हि.स.)। जदयूका राष्ट्रिय अध्यक्ष ललन सिंहको राजीनामापछि बिहारको राजनीति तातिएको छ। जदयू एनडीएमा फर्किने अनुमान लगाइॅंदैछ, तर कुन क्षणमा के हुने हो त्यो भन्न सकिॅंदैन। यस बिच केन्द्रिय मन्त्री गिरिराज सिंहले नीतीश एनडीएमा फर्किन कुरालाई खारेज गर्दै बिहारको राजनीतिमा ठूलो खेलको सम्भावना व्यक्त गरेका छन्।
शनिवार पटना पुगेका गिरिराज सिंहले भने, नीतीश कुमारको निम्ति एनडीएको सबै दैलो बन्द छ। नीतीश कुमार डूब्ने स्थितिमा छन्। लालू प्रसाद नीतीश कुमारलाई डुबाउन तयार बसेका छन्। विधायकहरूको भिन्नै बैठक भएको छ। विधानसभा अध्यक्ष पनि पटनामा छन्। केही ठूलो हुने देखिॅंदैछ। ललन सिंह र लालू प्रसाद पार्टी तोड्ने माहिर खेलाडीहरू हुन्। नीतीश कुमारले पनि यो कुरा राम्ररी बुझेका छन्। अब कुनै पनि समय केही पनि हुन सक्छ।
राजगमा सामेल जीतन राम मांझीले भने, राजनीति सम्भावनाहरूको खेल हो र कुनै पनि समय सत्ता पल्टिन सक्छ। अब गिरिराज सिंहले पनि कुनै पनि समय ठूलो खेल हुन सक्छ भनी बताएका छन्।
हिन्दुस्थान समाचार/बिशाल
