
अखनूर, 24 दिसम्बर (हि.स.)। अखनूर सेक्टरमा नियन्त्रण रेखा नजिक एउटा गाउँमा सेना अनि पुलिसको संयुक्त अभियानको क्रममा हतियार तथा नगदले भरिएको ड्रोन भेटियो।
पलाँवाला सेक्टरमा छन्नी-दढखौड़ लिङ्क सड़क नजिक शनिवार अबेर रातपछि ड्रोनद्वारा प्याकेट झारियो। तस्करहरूले यसलाई हात पार्नअघि नै सुरक्षाबलहरूले यसको जानकारी पाएर तत्काल घटनास्थलमा पुगे। बम निरोधक दलको सहयोगमा प्याकेटलाई जफत गरेपछि सुरक्षाबलहरूले प्याकेटलाई खोले जसमा पेस्टोल, गोला-बारूद, नगद तथा अन्य सामग्रीहरू पाइयो। पुलिस र सेनाको टीमले वरपरको क्षेत्रलाई घेराबन्दी गरी खोजी अभियान शुरू गरेको छ।
हिन्दुस्थान समाचार/उष्णता
