• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > नन्दिनी चक्रवर्ती बनिन् पश्चिम बंगालकी पहिलो महिला मुख्य सचिव, मनोज पन्त हुनेछन् मुख्यमन्त्रीका प्रिन्सिपल सेक्रेटरी
National

नन्दिनी चक्रवर्ती बनिन् पश्चिम बंगालकी पहिलो महिला मुख्य सचिव, मनोज पन्त हुनेछन् मुख्यमन्त्रीका प्रिन्सिपल सेक्रेटरी

CliQ INDIA
Last updated: January 1, 2026 6:05 pm
CliQ INDIA
Share
5 Min Read
SHARE

कोलकाता, 01 जनवरी (हि.स.)। पश्चिम बंगालमा पहिलो पटक कुनै महिला अधिकारीलाई मुख्य सचिव नियुक्त गरिएको छ। राज्य सरकारले नन्दिनी चक्रवर्तीलाई नयाँ मुख्य सचिव बनाएको छ। बुधबार राति नवान्नबाट जारी गरिएको अधिसूचनामार्फत यस निर्णयको जानकारी दिइएको हो। निवर्तमान मुख्य सचिव मनोज पन्तलाई मुख्यमन्त्री ममता ब्यायनर्जीको प्रिन्सिपल सेक्रेटरी नियुक्त गरिएको छ।

नन्दिनी चक्रवर्ती यसअघि गृह, पहाड तथा पर्यटन विभागकी सचिवको रूपमा कार्यरत थिइन्। उनको स्थानमा जगदीश प्रसाद मीणालाई राज्यको नयाँ गृह सचिव बनाइएको छ। नन्दिनी चक्रवर्ती सन् १९९४ ब्याचकी आईएएस अधिकारी हुन् र उनको सेवानिवृत्ति सन् २०२९ को जुन महिनाको अन्त्यमा हुनेछ। यसको अर्थ सन् २०२९ को लोकसभा निर्वाचनसम्म उनी नै राज्यकी मुख्य सचिव रहनेछिन्। आज १ जनवरीदेखि मीणाले औपचारिक रूपमा गृह सचिवको कार्यभार सम्हाल्नेछन्।

मनोज पन्तको कार्यकाल ३० जूनमा समाप्त भइसकेको थियो। राज्य सरकारको अनुरोधमा केन्द्र सरकारले उनको कार्यकाल छ महिनाका लागि बढाएको थियो, जुन ३१ दिसम्बरमा समाप्त भएको छ। त्यसैले नयाँ वर्षअघि नयाँ मुख्य सचिव नियुक्त गर्नु आवश्यक भएको थियो। यसै क्रममा बुधवार राति प्रशासनिक तथा कार्मिक विभागले अधिसूचना जारी गर्दै नन्दिनी चक्रवर्तीको नियुक्ति घोषणा गरेको हो। बुधवार नवान्नमा निवर्तमान मुख्य सचिव मनोज पन्तले पुष्पगुच्छ प्रदान गर्दै आफ्नी उत्तराधिकारी नन्दिनी चक्रवर्तीलाई शुभकामना दिए।

नन्दिनी चक्रवर्तीलाई ३१ दिसम्बर, २०२३ मा राज्यको गृह सचिव बनाइएको थियो। उनी पश्चिम बंगालकी दोस्रो महिला गृह सचिव हुन्। राज्यकी पहिलो महिला गृह सचिव लीना चक्रवर्ती थिइन्, जो वाम शासनकालमा यस पदमा थिइन्। नन्दिनीलाई गृह सचिव बनाइँदा त्यतिबेला राजनीतिक विवाद पनि भएको थियो। प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले यो नियुक्ति पूर्ण रूपमा अवैध भएको दाबी गर्दै धेरै वरिष्ठ अधिकारीलाई बेवास्ता गरेर नन्दिनीलाई जिम्मेवारी दिइएको आरोप लगाएका थिए। तर सरकारी नियममा यस्ता नियुक्तिमा कुनै कानुनी रोक छैन र यसलाई परम्परा तथा प्रथासँग जोडिएको विषय मानिन्छ। संयोगवश, यही परम्पराअन्तर्गत अहिले पनि धेरै वरिष्ठ अधिकारीलाई सुपरसीड गर्दै उनलाई मुख्य सचिव बनाइएको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीको यस प्रशासनिक निर्णयलाई धेरैले प्रशासनिक स्थिरता कायम राख्ने कदमका रूपमा हेरेका छन्। मनोज पन्तलाई मुख्यमन्त्रीको प्रिन्सिपल सेक्रेटरी बनाएर एउटा महत्वपूर्ण जिम्मेवारीमा कायम राखिएको छ। प्रशासनको एक वर्गका अनुसार यो कदम मनोज पन्तका लागि पदोन्नतिजस्तै हो। उनी पहिलेजस्तै मुख्यमन्त्रीसँग सम्बन्धित धेरै महत्वपूर्ण कामहरू हेर्दै रहनेछन्। यसका साथै हालका प्रिन्सिपल सेक्रेटरी गौतम सान्यालको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनको कामको बोझ पनि कम गरिएको छ र सम्भावित सेवानिवृत्तिको अवस्थामा भविष्यको व्यवस्था समेत मिलाइएको छ।

जगदीशलाई गृह सचिव बनाइएपछि नवान्नभित्र पनि चर्चा चलिरहेको छ। उनी राज्य प्रशासनको इतिहासमा सबैभन्दा जुनियर गृह सचिव मानिँदैछन्, किनकि उनी सिधै सचिव स्तरबाट गृह सचिव बनेका हुन्। परम्परागत रूपमा यस पदमा अतिरिक्त मुख्य सचिव स्तरका अधिकारी नियुक्त हुँदै आएका थिए। प्रशासनिक स्रोतका अनुसार, जुनियर भएकाले जगदीशलाई समय–समयमा मुख्य सचिव नन्दिनी चक्रवर्तीबाट मार्गदर्शन लिन कुनै असहजता हुने छैन। यसरी प्रशासनको शीर्ष तहमा सन्तुलन र स्थिरता कायम राख्ने प्रयास गरिएको छ।

लोकभवनमा कार्यरतछॅंदा नन्दिनीमाथि गम्भीर आरोप लाग्यो:नन्दिनी चक्रवर्तीको प्रशासनिक करियर धेरै उतार–चढावले भरिएका छन्। सन् २०११ मा ममता ब्यानर्जी मुख्यमन्त्री बनेपछि उनी सूचना तथा संस्कृति विभागकी सचिव बनिन् र मुख्यमन्त्रीकी विश्वासपात्र अधिकारी मानिन्थिन्। त्यसपछि लामो समयसम्म उनलाई कुनै ठूलो जिम्मेवारी दिइएन। सन् २०२२ को नोभेम्बरमा सीवी आनन्द बोस राज्यपाल बनेपछि नन्दिनीलाई लोकभवनको प्रिन्सिपल सेक्रेटरी बनाइएको थियो। तर, पछि राज्यपालको आपत्तिका कारण उनलाई हटाएर पर्यटन विभागमा पठाइयो। राज्यपालले लोकभवनमा रहँदा उनले जासुसी गरी लोकभवन सम्बन्धी जानकारी राज्य सरकारलाई दिएको आरोप लगाएका थिए। त्यसपछि उनलाई संवेदनशील पहाडी क्षेत्रहरूको जिम्मेवारी दिइयो र अन्ततः सन् २०२३ को अन्त्यमा गृह सचिव बनाइयो। संयोगवश यसपटक पनि ३१ दिसम्बरमै उनलाई मुख्य सचिव बनाइएको छ, जसलाई लिएर प्रशासनिक वृत्तमा चर्चा जारी छ।

अधिकारीहरूको सरुवा:मुख्य सचिव र गृह सचिव बाहेक नवान्नमा अन्य तहमा पनि फेरबदल गरिएको छ। नन्दिनी मुख्य सचिव बनेपछि वरुण रायलाई पर्यटन विभागको सचिव बनाइएको छ। दुश्मन्त नारियालालाई अतिरिक्त जिम्मेवारीका रूपमा जेल विभागको सचिव नियुक्त गरिएको छ। जनस्वास्थ्य तथा कारिगरी विभागका सचिव सुरिन्दर गुप्तालाई प्रेसिडेन्सी डिभिजनको डिभिजनल कमिश्नर बनाइएको छ। सुन्दरबन विकास विभागका सचिव अत्रि भट्टाचार्यलाई नेताजी सुभाष प्रशासनिक प्रशिक्षण संस्थानको अतिरिक्त जिम्मेवारी दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

इरानले जवाफी हमलाको धम्की दिएपछि अमेरिकी सेना उच्च सतर्कतामा, सैनिकको सबै बिदा रद्द
प्रख्यात शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको निधन
अपरेशन अजयको पाँचौ विमान इजरायलबाट नयाँ दिल्ली आइपुग्यो, भारत माता की जय-को नारा लगाइयो
ब्रिक्स संयुक्त घोषणापत्रमा पहलगाम आतङ्कवादी हमलाको कडा निन्दा, भारतको लागि ठूलो कूटनीतिक सफलता
केन्द्रियमन्त्री गिरिराज सिंहले भने- राहुल गान्धीले न्याय यात्राको सट्टा ज्ञान यात्रा गर्नुपर्छ, केन्द्रियमन्त्री 13-15 जनवरीसम्म छत्तीसगढ़ प्रवासमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कल्पतरु उत्सव : काशीपुर उद्यानबाटीमा भक्तहरूको जनसमुद्र
Next Article बंगाल सब-एरियाममा नेतृत्व परिवर्तन, मेजर जनरल डीके सिंहले सम्हाले कमान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?