-यस विमानबाट 286 मानिसहरूलाई सुरक्षित ल्याइयो, यिनीहरूमध्ये 268 भारतीय र 18 नेपाली नागरिक छन्
नयाँ दिल्ली, 18 अक्टोबर। हमासले इजारयलमाथि गरेको आक्रमणपछि त्यहाँ सृजित तनाउपूर्ण स्थितिमा फसेका भारतीय नागरिकहरूलाई सुरक्षित स्वदेश फिर्ता गराउनको लागि केन्द्रको मोदी सरकारद्वारा शुरू गरिएको अपरेशन अजय अतर्गत पाँचौ विमान गए मंगलवार राति 11 बजे पालम हवाईअड्डामा आइपुग्यो।
स्पाइसजेटको उक्त विमानबाट 286 मानिसहरूलाई ल्याइएको छ जसमा 268 भारतीय र 18 नेपाली नागरिक सामेल छन्। स्वदेश फिर्तीको खुसियालीमा यिनीहरूले भारत माता की जय-को नारा लगाए। केन्द्रिय सूचना एवं प्रसारण राज्यमन्त्री एल मुरूगनले हवाईअड्डामा सबैलाई स्वागत जनाए।
सूचना एवं प्रसारण राज्यमन्त्री एल मुरूगन तथा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यो खुसीको खबर एक्समा साझा गरेका छन्। भनिएको छ, स्पाइसजेटको यो विमान (ए 340)-मा गत आइतवार तेल अवीवमा अवतरण भएपछि तकनिकी समस्या देखिएको थियो जसले गर्दा विमानलाई जर्डन ल्याइयो। यसलाई पहिला नयाँ दिल्ली आइपुग्नुथ्यो।
एल मुरूगनले भनेका छन्, सरकारले स्थितिलाई नजिकबाट नियालिरहेको छ। भारत फर्किन चाहने सबै भारतीय नागरिकहरूलाई स्वदेश फर्काउनको लागि सरकार प्रतिबद्ध छ। अपरेशन अजय अन्तर्गत अहिलेसम्ममा 1100 भन्दा अधिक भारतीय नागरिकहरूलाई सुरक्षित स्वदेश फर्काइसकिएको छ।
