इटानगर । अरुणाचल प्रदेशमा एकसाथ हुने चुनाउमा 8 मतदान केन्द्रमा पुनर्मतदान आगामी 24 अप्रेलमा हुनेछ।
आज इटानगरको निर्वाचन भवनमा मिडियालाई सम्बोधित गर्दै राज्यका मुख्य चुनाउ अधिकारी पवन कुमार सइनले भने, भारत चुनाउ आयोगले 8 मतदान केन्द्रमा पुनर्मतदान गर्नेछ, जसमा पूर्वी कामेंग जिल्लाको बामेंग विधानसभाको 40 सारियो, 22 कुरुंग कुमे जिल्लाको न्यापिन विधानसभा क्षेत्रको 13 लोंगटे लोथ मतदान केन्द्र, उपरी सुबनसिरी जिल्लाको नाचो विधानसभा क्षेत्र 22 डिंगसर, 33 बोंगिया सियुम, 34 जिम्बारी र 45 लेंगी मतदान केन्द्र र सियांग जिल्लाको रमगोंग विधानसभा क्षेत्रको 19 बोंगने र 22 मोलोम मतदान केन्द्र सामेल छन्।
पुनर्मतदान आगामी 24 अप्रेल बिहान 6 बजीदेखि 2 बजीसम्म हुनेछ। उनले भने, पोलिङ दलले सबै मतदाताहरूलाई भोट हाल्न अवसर दिने प्रयास गर्नेछ। उनले मतदान पूरा भएपछि मतदानको प्रतिशत पनि बढेर 82.71 प्रतिशत पुगेको जानकारी गराए।
