दार्जीलिङ, । सोचेकोभन्दा मानिसहरू उपस्थिति कम्ती देखेपछि गृहमन्त्री अमित शाहको कार्यक्रम दार्जीलिङमा रद्द दाबी भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाले गरेका छन्। अमित शाह दार्जीलिङको जनसभामा सामेल नभएको विषयमाथि पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीए चिफ् थापाले यस्तो प्रतिक्रिया दिएका छन्।
उनले भने, आज गृहमन्त्री अमित शाहको कार्यक्रम दार्जीलिङमा रहेको हामीले पनि सुनेका थियौं। लेबोङ खेल मैदानमा 4 हजार चियर लगाइएको थियो, तर मानिसहरू भने पन्ध्र सय पनि थिएनन्। मानिसहरू कम देखेपछि गृहमन्त्रीको कार्यक्रम रद्द भएको हो।
