नयाँ दिल्ली, राजधानीमा नागरिकता कानून (सीएए)-लाई लिएर घमासान जारी छ। मुख्यमन्त्री अरविन्द केजरीवालको बयानबाट दिल्लीमा बस्दै आइरहेका पाकिस्तानी हिन्दूहरू आक्रोशित भएका छन्। शुक्रवार अफगानिस्तान र पाकिस्कानबाट आएका शरणार्थीहरूले कंग्रेस मुख्यालय बाहिर व्यापक विरोध प्रदर्शन गरे।
दिल्लीमा बस्दै आइरहेका शरणार्थीहरूले अकबर रोडस्थित कंग्रेस मुख्यालय बाहिर राहुल गान्धी अनि आम आदमी पार्टीको विरोधमा प्रदर्शन गर्दै गगनभेदी नाराबाजी गरे। यस अवधि कंग्रेस मुख्यालय बाहिर ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको थियो जसले हिन्दू शरणार्थीहरूलाई बीचमै रोकिरहेको थियो। यद्यपि हिन्दू शरणार्थीहरूले लगातार कंग्रेस औ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल विरोधी नाराबाजी गरेको देखियो।
उल्लेखनीय छ, गए बिहीवार मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दू शरणार्थीहरूलाई लिएर केन्द्र सरकारमाथि प्रहार गर्दै भनेका थिए, भारतमा देशकै मानिसहरूसित रोजगार नभएको अवस्थामा बाहिरबाट आएका मानिसहरूलाई किन राखिरहेको छ?
हामी आतंकवादी होइनौ- हिन्दू शरणार्थी
पाकिस्तानबाट आएका हिन्दू शरणार्थीहरूको भनाइ छ, हामीलाई नागरिकता प्राप्त भइरहेको छ, यसबाट विपक्षका मानिसहरूलाई किन समस्या भइरहेको छ। यिनीहरूले भन्छन् कि हामी आतंकवादी हौं। हामी असामाजिक तत्व हौं। तर हामी दिल्लीमा बितेको 15 वर्षदेखिकै बस्दै आइरहेका छौं। तपाईहरूले थानामा गएर जाँच गर्न सक्नुहुन्छ, हाम्रो विरोधमा कुनै सिकायत वा मुद्दा दर्ता छ कि छैन।
अर्कोतिर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त प्रदर्शन पश्चात सोशल मीडियामा लेखे, यी पाकिस्तानीहरूको यति ठूलो साहस? पहिला हाम्रो देशमा अवैध ढंगमा अनुप्रवेश गऱ्यो, हाम्रो देशको कानून उल्लंघन गऱ्यो। यिनीहरू त जेलमा हुनुपर्थ्यो। यति ठूलो साहस आइसकेको छ कि यिनीहरूले हाम्रै देशमा प्रदर्शन गरिरहेका छन्, हुडदंग गरिरहेका छन्? सीएए आएपछि सम्पूर्ण देशभरि नै पाकिस्तानी अनि बंगलादेशीहरू फैलिनेछन्। भाजपाले यिनीहरूलाई आफ्नो भोट ब्यांक बनाउने स्वार्थमा देशलाई संकटभित्र जाकिरहेको छ।
