नयाँ दिल्ली, 12 फरवरी : किसानहरूको ’दिल्ली चलो’ प्रस्तावित मार्चलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेसमाथि किसानहरूलाई भ्रमित गरिरहेको आरोप लगाएको छ।
सोमवार भाजपा नेता मुख्तार अब्बास नकवीले भने, मोदी सरकार किसानहरूको मामिलाहरूलाई लिएर संवेदनशील र गम्भीर छ। मोदीको नेतृत्वमा केन्द्र सरकारले किसानहरूलाई सशक्त बनाउन लगातार काम गरिरहेछ। किसानहरूलाई सदैव प्राथमिकता दिइएको छ, तर कांग्रेस पार्टीले किसानहरूलाई भ्रमित पार्न र देशमा भयको माहोल उत्पन्न गर्ने प्रय़ास गरिरहेछ।
कांग्रेसको बयानहरूमाथि नकवीले भने, कांग्रेसले किसानहरूको काँधमा बन्दूक र आफ्नो षड़यन्त्रको सन्दुक राखेर देशमा भ्रमको माहोल फैलाउने प्रयास गरिरहेछ, तर कांग्रेस यसमा सफल हुनेछैन।
उल्लेख्य, संयुक्त किसान मोर्चा र किसान मजदूर मोर्चाले फसलहरूको निम्ति न्यूनतम समर्थन मूल्य (एमएसपी) को सम्बन्धमा कानून बनाउने समेत विभिन्न मागहरू लिएर केन्द्र सरकारमाथि दबाउ बनाउन 13 फरवरीको दिन 200 भन्दा धेरै किसान युनियनहरूको समर्थन लिएर ’दिल्ली चलो’ मार्चको घोषणा गरेको छ।
