अयोध्या, 18 जनवरी (हि.स.)। श्रीराम जन्मभूमिमा आज जुन मन्दिर निर्माण भइरहेको छ, यसका लागि राष्ट्रिय स्वयंसेवक संघले देशभरि धेरै आन्दोलन र अभियान चलायो। तमिलनाडुको मीनाक्षीपुरमको घटनापछि संघले 1983 मा एकात्मता यात्रा निकालेर देशभरि हलचल मचायो। वर्ष 1984 मा राम मन्दिरको विषय आयो। तबदेखि लिएर आजसम्म राम मन्दिरको निम्ति लगातार कुनै न कुनै अभियान चलिरह्यो। मेरो सौभाग्य हो कि त्यस पहिलो बैठकदेखि आजसम्म मन्दिर निर्माणलाई लिएर भएका सबै प्रमुख बैठकहरूमा म उपस्थित रहे। श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टमा पनि छु।
उक्त कुरा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी एवं विश्व हिन्दू परिषदको केन्द्रिय उपाध्यक्ष कामेश्वर चौपालले हिन्दुस्थान समाचारका संवाददाता बृजनन्दन राजूसॅंग कुराकानीमा भनेका हुन्। प्रस्तुत छ सम्पादित अंश-
प्रश्न- राम मन्दिरको शिलान्यास तपाईको हातबाट भएको थियो, आज प्राण प्रतिष्ठा हुन लागिरहेको छ, के भन्नु हुन्छ?
उत्तर- म आफ्नो जीवनमा प्रभु रामको कामसॅंग जोडिने छु, यो कल्पना गरेको थिइन। म कहिलेकाहीं आफ्नो भाग्यमा गर्व पनि गर्छु कि प्रभुले ममाथि धेरै कृपा गरेको थियो। आज खुशीले सारा देश भरिएको छ। यो जुन परिवर्तन छ सांस्कृतिक पुनर्जागरणको काल हो। जो यस धारा समक्ष आउने छ उनी धूमिल बनेर जानेछ। 500 वर्षमा मानिसहरूले तन पनि दिए, मन पनि दिए र प्राण पनि दिए। तन समर्पित, मन समर्पित र यो जीवन समर्पित।
प्रश्नः के तपाईलाई शिलान्यासभन्दा पहिला तपाईको हातबाट राम मन्दिरको पहिलो ईटा राखिने छ भन्ने कुरा बताइएको थियो?
उत्तर- त्यस समय अनुसूचित समाजका कुनै व्यक्तिको हातबाट पहिलो ईटा राखिने कुरा भइरहेको थियो, त्यो सौभाग्यशाली म नै हुनेछु, यो थाहा थिएन। शिलान्यास दैवीय काम थियो। वर्ष 1989 मा संगठन मन्त्रीहरू अयोध्यामा नआउन् भनेर भनिएको थियो। राम शिलाहरू पठाएर म गयामा थिए। बाटोमा झगडा भयो र कुनै जिम्मेवार पदाधिकारीलाई शिलासॅंग पठाउनु पर्ने भयो। यहॉं युद्धको स्थिति थियो। बजरंग दलका कार्यकर्ता झण्डा लिएर डटेका थिए। पुलिसले कब्जा गर्न चाहन्थ्यो। मलाई अयोध्या बोलाइयो। अशोक सिंहलजीले अचानक मलाई मंचमा बोलाए अनि मेरो नामको घोषणा गरिदिए। त्यस समय जब घोषणा भयो म संज्ञा शून्य बने। अचानक मलाई लाग्यो कि यो के भइरहेको छ, मलाई थाहै भएन।
प्रश्न- कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले रामललाको निमन्त्रण अस्वीकार गरे, यसमा तपाई के भन्नु हुन्छ?
उत्तर- रघुपति राघव राजा राम पतित पावन सीताराम गाउने महात्मा गॉंधीले नै यो देशको राजनीतिमा राम नामको उपयोग गरेको थियो। हाम्रो शास्त्रहरूमा आचार्यहरूले सत्ता निष्ठुर हुन्छ भनेर लेखेका छन्। सत्ताको न धर्म हुन्छ, न नै कुनै चरित्र हुन्छ।
प्रश्न- आफ्नो पारिवारिक पृष्ठभूमिको बारेमा भन्नुहोस् न।
उत्तर- मैले जुन परिवारमा जन्म लिएको थिएॅं त्यो दलित परिवार पक्कै थियो, तर संस्कारको दृष्टिले त्यो कुनै भक्तको परिवार थियो भन्ने मलाई लाग्दछ। मेरी आमा भक्तिभावमा रमिहन्थिन्। मेरो घरमा सन्तहरूको आवागमन भइरहने गर्थ्यो। यस कारण धर्मप्रति अनुराग सानै उमेरदेखि थियो। मेरो घरदेखि 15 मिलोमिटरको परिधिमा कुनै पढ्ने लेख्ने व्यवस्था थिएन। जहॉं मेरो जन्म भयो कोसी नदीको त्यो किनार अत्यन्त पछाडिएको थियो। सरकारी सहायता पनि त्यहॉंसम्म पुग्न पाउॅंदैन थियो।
प्रश्न- राष्ट्रिय स्वयंसेवक संघसॅंग तपाई सम्पर्क कसरी भयो?
उत्तर- हाईस्कूलमा पढ़ाई अवधि शिक्षक ह्रदय नारायण यादवले मलाई स्वयंसेवक बनाए। जहॉं म बस्थे त्यहॉं अनुसूचित जातिको छात्रावास थियो। विद्यालयका प्रबन्धक कांग्रेसका नेता थिएॅं। सोही विद्यालयमा हाम्रा शिक्षक पनि बस्थे। ह्रदय नारायण यादव संघका हुन् भन्ने कसैलाई थाहा थिएन, किनकि त्यस समय कांग्रेसको बोलबाला थियो। उनले बिहान-बेलुकी खेल खेलाउथे। प्रेम र अपनत्वका कारण बिस्तारै उनी हाम्रो मनमा बसेका थिए। उनी सबै प्रकारका सहायता पनि गर्थे। हाईस्कूल पास गरेपछि अगाडिको पढाईको निम्ति घर तयार थिएन। धेरै अनुरोधपछि बाबाजीले 90 रूपियॉं दिए। ह्रदय नारायण यादवले संघको जिल्ला बौद्धिक प्रमुख भोगेन्द्र झाको नाममा एउटा पत्र पठाए, जसकारण जगदीशनन्दन महाविद्यालयमा मैले प्रवेश पाए। बिस्तारै हामी संघमा रम्न थाल्यौं। संघका साथै विद्यार्थी परिषदमा काम गर्न लगाइयो। जिल्ला प्रमुख बने। छात्रसंघको चुनाउ लडे अनि छात्रसंघको अध्यक्ष पनि बने।
हिन्दुस्थान समाचार/बिशाल
