
चेन्नई, 19 दिसम्बर (हि.स.)। तमिलनाडुका चारवटा जिल्लाहरूमा बाढ़ीले अवस्था दयनीय भएको छ। पछिल्लो 24 घण्टाभित्र भएको घना वर्षाले दक्षिणी जिल्लाहरू क्रमैले थुथुकुडी, तिरूनेलवेली, तेनकासी औ कन्याकुमारीमा ठूलो विध्वङ्श गरेको छ। यी जिल्लाहरूमा वर्षा अनी बाढ़ीले जनजीवन अस्तव्यस्त भएको छ। लाखौं मनिसहरू घरभित्रै फसेका छन्। सुरक्षाबलहरूको सहयोगमा व्यापक मात्रामा राहत अनि बचाउ अभियानशुरू गरिएको छ। यी चारवटा जिल्लाहरूको तमिलनाडुका अन्य भागहरूसित सम्पर्क विच्छिन्न भएको छ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन मङ्गलवार प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्न गए सोमवार राती नै नयाँ दिल्ली तर्फ प्रस्थान भएका छन्। राज्यपाल आरएन रविले मङ्गलवार राजभवनमा रक्षा एवं केन्द्र सरकारका विभागीय अधिकारीहरूसित आपत बैठक डाकेका छन्। अधिकारीहरूले बताए, गए सोमवार बिहानसम्ममा 1,039 बाल-बालिका सहित 7,434 मानिसहरूलाई राहत शिविरहरूमा स्थानान्तरण गरिसकिएको छ। केही क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द गर्नुपरेको छ भने केही स्थानहरूमा मोबाइल टावर ध्वस्त भएको कारणले नेटवर्क बाधित भएको छ।
राज्य सरकारले गए सोमवार अबेर रातीसम्म पनि जनहानिको आँकड़ा जारी गरेको छैन। यद्यपि चारवटा जिल्लाहरूमा हजारौं एकड़ फसल जलमग्न भएको छ। सयकड़ौं वाहनहरूलाई बगाएको छ। थमिराबरन नदीमा पनि बाढ़ी आएको छ। भारतीय नौसेना समेत राहत अभियानमा जुटेको छ। तमिलनाडु सरकारले सेना अनि वायुसेनासित सहयोगको माग गरेको छ।
हिन्दुस्थान समाचार/उष्णता
