नयाँ दिल्ली, 21 अक्टोबर। केन्द्रिय गृहमन्त्री अमित शाह आज बिहान राष्ट्रिय पुलिस स्मृति दिवस कार्यक्रममा सामेल भए। राजधानी दिल्लीको राष्ट्रिय पुलिस स्मारकमा आयोजित कार्यक्रममा गृहमन्त्री शाहले शहीद पुलिसकर्मीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।
उनले एक्स ह्याण्डलमा पनि राष्ट्रिय पुलिस स्मृति दिवसको अवसरमा आफ्ना भावनाहरू व्यक्त गरे। उनले भने, उनी आफ्ना सेनाहरूको ती महान आत्माहरूलाई नमन गर्दछन् जसले आफ्नो सर्वोच्च बलिदानको प्रकाशले आशाको किरण जलाए। उनीहरूको वीरताको कथालाई हाम्रो सामूहिक स्मृतिबाट कसैले मेटाउन सक्दैन। राष्ट्रले अनन्त कालसम्म उनीहरूलाई कृतज्ञतापूर्वक श्रद्धाञ्जलि अर्पण गरिरहनेछ। उनले भने, मातृभूमिका बहादुरहरूलाई सलाम।
उल्लेखनीय छ, 21 अक्टोबर, 1959-मा लद्दाखको हट स्प्रिङ्ग क्षेत्रमा भएको सशस्त्र चीनीयाँ सेनाको आक्रमणमा पुलिसका 10- जना जवानहरूले आफ्नो प्राणको उत्सर्ग गरेका थिए। यी शहीदहरू सहित ड्यूटी अवधि सर्वोच्च बलिदान दिने अन्य सबै पुलिसकर्मीहरूको स्मृतिमा प्रत्येक वर्ष 21 अक्टोबरको दिन पुलिस स्मृति दिवास पालन गरिन्छ। यस बलिदानलाई चिरस्मरणीय बनाउनको लागि प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2018- को पुलिस स्मृति दिवसमा राष्ट्रिय पुलिस स्मारक देशलाई समर्पित गरेका थिए।
