कछार, 17 जनवरी (हि.स.)। कछार पुलिसले प्रतिबन्धित मादक पदार्थ विरूद्ध कारबाही गर्दै भारी मात्रामा हेरोइनको साथ दुई तस्करलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, गुप्त सूचनाको आधारमा सीआरपीएफ र बासकान्दी पुलिसले छापा मारेर नयाग्राम सिंगेरबन्द द्वितीय ब्लकबाट हेरोइन जफत गऱ्यो। आताबुर रहमान लश्कर र आलिफ हुसैन लश्करको घरमा छापा मारेर पुलिसले हेरोइन भरेको 6 वटा साबुनदानी र 16 प्लास्टिकको कन्टेनर जफत गऱ्यो। जफत गरिएको हेरोइनको ओजन 411 ग्राम छ।
खोजी अभियानमा दुई हस्तनिर्मित बन्दूकहरू पनि जफत गरियो। पुलिसले आताबुर रहमान र आलिफ हुसैनलाई प्रतिबन्धित दवाईहरू र हतियारहरूको भण्डारणको आरोपमा पक्राउ गऱ्यो। यस क्रममा कानूनी प्रक्रिया शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/भवानी
