नयॉं दिल्ली, 17 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकाश पर्वमा आज, बुधवार बिहान देशवासीहरूलाई बधाई दिएका छन्। एक्स ह्यान्डलमा प्रधानमन्त्री मोदीले दशम गुरु गोविन्द सिंहको प्रकाश पर्वमा उनको स्मरण गर्दै उनको त्याग र बलिदानले आज पनि देशवासीहरूलाई प्रेरित गर्दछ भनेका छन्।
गुरु गोविन्द सिंह जीको एउटा घोष वाक्य ‘सूरा सो पहचानिए जो लरै दीन के हेत, पुरजा-पुरजा कट मरै कभी न छाडै खेत’ को उल्लेख गर्दै प्रधानमन्त्रीले एउटा भाषणलाई पनि सन्देशमा सामेल गरेका छन्।
प्रधानमन्त्रीले भनेका छन्, गुरु गोविन्द सिंह र माता गुजरीका चार साहिबजादाले यो देश र धर्मको निम्ति जुन प्रकारको योगदान दिए, त्यस्तो कुनै अरू उदाहरण पाइॅंदैन। प्रधानमन्त्रीले भनेका छन्, गुरु गोविन्द सिंहको जन्म पूर्वी भारतको पटना साहिबमा भयो। भारतको उत्तर पश्चिमी क्षेत्र उनको कार्य क्षेत्र थियो र महाराष्ट्रको नान्देडमा उनले बलिदान दिए। देशलाई एकताको सूत्रमा बॉंध्ने महान बलिदानी र देशभक्त गुरु गोविन्द सिंहलाई म पुनः पुनः स्मरण गर्दछु। उनको स्मरण मात्रले हामी उर्जावान बन्दछौ।
हिन्दुस्थान समाचार/बिशाल
