चेन्नई, 17 जनवरी (हि.स.)। श्रीलङ्कामा फसेका 18 जना तमिल मछुआराहरूलाई सुरक्षित फर्काउनका लागि भारतीय जनता पार्टी, तमिल एकाई अध्यक्ष के.अन्नामलाईले बुधवार विदेश मन्त्रालसित हस्तक्षेपगर्ने माग गरे।
अन्नामलाईले 18 जना तमिल मछुआराहरूको शीघ्र स्वदेश फिर्तीको लागि मन्त्रालयसित हस्तक्षेप गरिदिने अनुरोध गरेका छन्। उनले विदेशमन्त्रीलाई पठाएको अनुरोध पत्र सोशल मीडिया एक्समा साझा गरेका छन्।
उल्लेखनीय छ, मङ्गलवार साँझ श्रीलङ्काली नौसेनाले तमिलनाडुका नौकाहरूलाई कब्जा गरेर त्यहाँ रहेका 18 जना मछुआराहरूलाई हिरासतमा लिएको छ। मुख्यमन्त्री एमके स्टालिनले पनि यस मामिलामा विदेशमन्त्री एस जयशङ्करसित तत्कार कारबाही गरिदिने आग्रह गरेका छन्।
यस सम्बन्धमा श्रीलङ्काली नौसेनाको तर्फबाट जानकारी गराइएको छ, पछ्याउने विशेष अभियान अन्तर्गत मङ्गलवार साँझ श्रीलङ्काली जलक्षेत्रमा अवैध रूपमा शिकार गरिरहेका भारतीय मछुआराहरूलाई पछ्याइयो। श्रीलङ्काली नौसेनाका एक अधिकारी अनुसार अभियानमा 02 भारतीय ट्रलरलाई जफत गरिएको छ जसमा 18 जना भारतीय सवार थिए। यी मछुआराहरूले मन्नार नजिक श्रीलङ्काली जलक्षेत्रमा अवैध शिकार गरिरहेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
