
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्ली एवं यस वरपरका महानगरहरूमा धुवाँ र कुहिरोको कारणले वातावरणमा प्रदूषक तत्वहरूको च्यादर झन्-झन् बाक्लो हुँदै गइरहेको छ। केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार दिल्ली-एनसीआरमा शुक्रवार बिहान समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)- को स्तरले 500 अङ्क पार गऱ्यो।
आनन्द विहारको एक्यूआई 447, आरकेपुरमको 469, पञ्जाबी बागको 484 र आईटीओको 445 दर्ता गरियो। यसबीच भारत मौसम विज्ञान विभागले भनेको छ, आगामी केही दिनभित्रमा दिल्ली-एनसीआरमा प्रदूषकसँगसँगै कुहिरो पनि लाग्नेछ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार बितेको 24 घण्टापूर्व बिहीवार मुण्डका, नेहरू नगर, पञ्जाबी बाग, जहाँगीरपुरी, वजीरपुर औ द्वारका सेक्टरको एक्यूआई 450-भन्दा अधिक पुगेको थियो। यसअघि यी क्षेत्रहरूमा हावाको गुणस्तर खतरनाक श्रेणीमा थियो।
बोर्ड अनुसार गए बिहीवार दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क 419 रह्यो। यो गम्भीर श्रेणीको हो। एक दिनपूर्व यो 401 थियो। फरिदाबादमा यो 424, गाजियाबादमा 376, ग्रेटर नोएडामा 340, गुरूग्राममा 363 एवं नोएडामा 355 थियो।
हिन्दुस्थान समाचार/उष्णता
