– भारतको इतिहासमा सबैभन्दा ग्राण्ड इभेन्टको निम्ति चिनिनेछ वर्ष 2024-लाई
– अयोध्या उत्सवमा लोक संस्कृति औ कलाको झलक देखिनेछ
– 25 दिसम्बरसम्म सांस्कृतिक सुरहरूमा बग्नेछन् भक्तिको रसधार
अयोध्या, 23 दिसम्बर (हि.स.)। श्रीराम जन्मभूमि मन्दिरमा श्रीरामललाको प्राण-प्रतिष्ठाको खुसी अयोध्यामा मात्र सीमित नरहेर सारा संसारभरि छरिएको छ। देशको एकमात्र बहुभाषी न्यूज एजेन्सी हिन्दुस्थान समाचार, श्रीअयोध्या न्यास एवं प्रज्ञाको पक्षबाट भारतीय जीवन बीमा निगम (एलआईसी), इण्डियन ओभरसीज ब्याङ्क, डा. अमृतलाल इशरत मेमोरियल सनबीम स्कूल, गेल औ पेटीएमको सहयोगमा शनिवारदेखि तीन दिवसीय अयोध्या उत्सवको शुभारम्भ भएको छ।
उत्सवको श्रृङ्खलामा आगामी 25 दिसम्बरसम्म रङ्गारङ्ग मञ्चमा सांस्कृतिक सुरहरूको साँझ सजिनेछ अनि भक्तिको रसधार बग्नेछ। अयोध्या उत्सवमा लोक संस्कृति एवं कलाको झलक पनि देखिनेछ। रामकथा औ रामायण परम्परामा आधारित प्रवचनहरूको श्रृङ्खला देख्न पाइनेछ। अयोध्या उत्सवको उदेश्य सम्पूर्ण देशलाई एकसूत्रमा बाँध्ने प्रयास गर्नु हो। श्रीराम सत्सङ्ग भवन (श्री मणिराम दास छाउनी परिसर) अयोध्या उत्सवको साक्षी बन्यो।
राम हाम्रो प्रेरणा हुन्, राम हाम्रो आस्था हुन्। राम मन्दिर एउटा मन्दिर वा पर्यटन स्थल मात्र नभएर तिर्थ स्थलहरूको एउटा स्तम्भ पनि हो। श्रीरामको अयोध्याको अर्थ त्याग, लोकतन्त्र अनि सम्मान हो। अयोध्या सदैव सेवाप्रति समर्पणको उदाहरण रहिआएको छ। नर सेवा नै नारायण सेवा हो जुन कुरा यहाँको धार्मिक आयोजनमा देखिन्छ। 500 भन्दा अधिक वर्षपछि आगामी 22 जनवरी, 2024-मा गर्वको क्षण हुनेछ जतिबेला एउटा नयाँ अनि भव्य अयोध्यालाई सारा देश-दुनियाँले देख्नेछन्।
लामो सङ्घर्षपछि मन्दिर आन्दोलन एक निर्णायक स्थितिमा परिवर्तन भएर रामराज्यको आधारशिला पुष्ट गर्दै त्यसको गुणगान गर्नको लागि तयार भइसकेको छ। भगवान राम साक्षात धर्मका स्वरूप हुन् भने राम मन्दिर पूर्खाहरूको बलिदान अनि भावनाहरूको सिद्धि हो। पहिला-पहिला मानिसहरू आफूलाई हिन्दू र भारतीय भन्न सङ्कोच गर्थे भने आज हरेक व्यक्तिले सनातन र भारतीयताप्रति सम्मानको भाव राख्दछन्।
आगामी वर्ष 2024-लाई भारतको इतिहासमा सबैभन्दा ग्राण्ड इभेन्टको लागि चिनिनेछ। साथै उत्तर प्रदेश महाउत्सवहरूको प्रदेशको रूपमा मात्र उदाउने छैन जबकि पूर्ण रूपले राममय देखिनेछ। रामलला आफ्नो मूल गर्भगृहमा विराजमान हुन गइरहेको अवस्थामा एक नयाँ भारतको दर्शन हुनेछ साथै श्रीराम जन्मभूमि अयोध्याले आतिथ्य सत्कारको एउटा आदर्श प्रस्तुत गर्नेछ।
अयोध्या उत्सवमा राम विषयमाथि इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रद्वारा लोकमा प्रदर्शनी आयोजना गरिनेछ। साथै प्रत्येक दिन साँझ पाँच बजेदेखि रङ्गारङ्ग सांस्कृतिक मञ्चमा लोक कलाकारहरूले प्रभु श्रीरामको महिमाको बखान अनि गुणगान गर्नेछन्। भक्ति-भावले परिपूर्ण आफ्नो प्रस्तुतिले रामभक्तहरूलाई रिझाउनेछन्।
हिन्दुस्थान समाचार/उष्णता
