
जलपाइगढ़ी, 23 दिसम्बर (हि.स.)। जिल्लाको राजगंज ब्लकको आमबाड़ी संलग्न करतोया नदी छेउबाट शनिवार रूखबाट एक व्यक्तिको झण्डेको शव भेटियो। मृतकको नाम सुभाष सरकार आमबाड़ीको कुमारभिटा क्षेत्र निवासी बताइएको छ। मृतक टोटो चालक थियो।
सूत्रहरू अनुसार, आज स्थानीय मानिसहरूले करतोया नदी छेउ एक व्यक्तिको झुण्डेको शव देखे। यसपछि यसको सूचना तुरन्तै आमबाड़ी चौकी पुलिसलाई दिइयो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। आमबाड़ी चौकी पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार/भवानी
