नयॉं दिल्ली, 06 नोभेम्बर (हि.स.)। केन्द्र सरकारले महादेव बुक र रेड्डीअन्नाप्रेस्टोप्रो लगायत 22 अवैध सट्टेबाजी ऐप र वेबसाइटमाथि रोक लगाएको छ। सरकारले प्रवर्तन निदेशालय (ईडी) को अनुरोधमा यो आदेश जारी गरेको हो।
इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले अबेर राति आदेश जारी गरेर महादेव बुक र रेड्डीअन्नाप्रेस्टोप्रो लगायत 22 अवैध सट्टेबाजी प्लेटफर्ममा रोक लगाएको छ।
केन्द्रिय जॉंच एजेन्सी ईडीले छत्तीसगढमा महादेव बुकमाथि छापा मारेर जॉंचपछि केन्द्र सरकारलाई यस्तो सिफारिश गरेको थियो। केन्द्रिय सूचना एवं प्रौद्योगिकी राज्य मन्त्री राजीव चन्द्रशेखरले जारी गरेको बयानमा भनेका छन्, छत्तीसगढ सरकारले उक्त मञ्चहरूमाथि रोक लगाउने अनुरोध गरेन। मन्त्रालयले महादेव बुक र रेड्डीअन्नाप्रेस्टोप्रो लगायत 22 अवैध सट्टेबाजी ऐप र वेबसाइटमाथि रोक लगाउने आदेश जारी गरेको छ।
उल्लेखनीय छ, महादेव ऐप मामिलामा ईडीले छत्तीसगढबाट लगभग पॉंच करोड़ नगद जफत गरेको छ। केन्द्रिय जॉंच एजेन्सीले गत हप्ता आफ्नो बयानमा महादेव सट्टेबाजी ऐपका प्रमोटर्सले छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेललाई 508 करोड़ रूपियॉं दिएको दाबी गरेको थियो।
ईडीले यस मामिलामा छत्तीसगढ पुलिसको कन्स्टेबल भीम सिंह यादव र असीम दासलाई धनशोधनको आरोपमा पक्राउ गरेको छ। यस अघि ईडीले सेप्टेम्बरमा महादेव ऐपसॅंग सम्बद्ध 417 करोड़ रूपियॉंको सम्पत्ति जफत गरेको थियो।
हिन्दुस्थान समाचार/बिशाल
