कावली (आन्ध्र प्रदेश), 10 फरवरी : नेल्लोर जिल्लाको कवाली मुसुनुर टोल प्लाजामा शनिवार बिहान दुई बजीपछि एउटा ट्रक र निजी बसबिच भएको टक्करमा छजनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा 20 जना घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरू अनुसार, सडक छेउ राखिएको ट्रकलाई एउटा अन्य ट्रकले पछाडिबाट हिर्काउॅंदा विपरित दिशाबाट आइरहेको बससॅंग ठोकियो। बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त बन्यो। बस चेन्नईबाट हैदराबाद गइरहेको थियो।
पुलिस अनुसार, सूचना पाउनसाथ घटनास्थल पुगेर घाइतेहरूलाई नेल्लोरको स्थानीय एउटा अस्पताल पुऱ्याइयो। मृतकहरूको संख्या बढने आशंका छ। अहिलेसम्म तीनजना मृतकलाई चिन्हित गरिएको छ, जसमा दुई ट्रक चालक र तेस्रो बस चालक हुन्।
