रांची, 06 नोभेम्बर : मारंग गोमके जयपाल सिंह एस्ट्रोटर्फ हकी स्टेडियममा एक रोमाञ्चक स्पर्धामा भारतीय महिला हकी टीमले वर्तमान च्याम्पियन जापानलाई 4-0 ले पराजित गरेर झारखण्ड महिला एशियाली च्याम्पियन्स ट्रफी 2023 को उपाधि जितेको छ। भारतीय महिला टीमको यो दोस्रो एशियाली च्याम्पियन्स ट्रफी उपाधि हो।
भारतको निम्ति संगीता कुमारी (17’), नेहा (46’), लालरेम्सियामी (57’) र वन्दना कटारिया (60’) ले एक-एक गोल गरे।
उपाधिको निम्ति सम्पन्न स्पर्धामा भारतले एकपल्ट फेरि शुरूदेखि आक्रामक रणनीति अपनायो र वर्तमान च्याम्पियन जापानमाथि लगातार दबाउ बनायो। भारतले खेलको आफ्नो आक्रामक दबाउ बनाइराख्यो, लगातार सर्कलमा प्रवेश गरिरऱ्यो, तर जापानको डिफेन्स तोड्न भने सफल भएनन्। पहिलो क्वार्टर गोलरहित समाप्त भयो।
दोस्रो क्वार्टरमा पनि भारतले आक्रामक खेल जारी राख्यो र यस क्रममा संगीता कुमारी (17’) ले उत्कृष्ट गोल गरेर आफ्नो टीमलाई 1-0 गोलको बढ़त दिलाइन्। मध्यान्तरसम्म भारतीय टीम 1-0 ले अगाडि रह्यो। तेस्रो क्वार्टरको समाप्तिसम्म पनि भारतीय टीमले 1-0 को बढ़त कायम राख्यो।
चौथो तथा अन्तिम क्वार्टरको शुरूवातमा नेहा ले (46’), लालरेम्सियामी (57’) र वन्दना कटारिया (60’) ले एक-एक गोल गरेर भारतलाई 4-0 गोलको बढ़त दिलाएर उपाधि जिते।
