खरसाङ, 28 जनवरी : केएफसी खरसाङमा भइरहेको 11औं शहीद गोल्डको फाइनलमा पुग्ने पहिलो टीम बनेको छ। गत 17 जनवरीदेखि खरसाङको चानबारी खेल मैदानमा भइरहेको 11औं शहीद गोल्ड कपको पहिलो सेमिफाइनल खेल आज केएफसी र ईष्ट बेंगाल रायगञ्जमाझ सम्पन्न भयो।
केएफसीको खेलाड़ी जर्सी नम्बर 18 अमीर लामाले पहिलो हाफको छैटौं मिनटमा नै गोल गरेर बढ़त बनाएका थिए। पहिलो हाफको खेल 1-0 मा समाप्त भयो। दोस्रो हाफको 26औं मिनटमा फेरि केएफसीको पक्षमा जर्सी नम्बर 9 सन्दीप लिम्बूले गोल गरेर टीमलाई 2-0 को बढ़त दिलाए। केएफसी 2-0 को अन्तरले बिजय बनेर 11औं शहीद गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।
शहीद गोल्ड कप जीटीएको युवा अनि खेलकूद विभाग र खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा भइरहेको छ। भोलि, 29 जनवरीको दिन दोस्रो सेमिफाइनल खेल युनाइटेड ब्रदर कालेबुङ र ब्राइट स्पोर्टिङ क्लब सिलगढीमाझ हुनेछ।
