कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको कालेबुङ जिल्लास्थित नियोरा भ्याली नेशनल पार्कमा लगभग सात दशकपछि कस्तुरी हिरन क्यामरामा कैद भएको छ। वन विभागद्वारा जड़ान गरिएको गोपनीय क्यामरामा यसको तस्वीर सामु आउनसाथ अधिकारी अनि कर्मचारीहरूमा उत्साह छाएको छ। राज्यमा कस्तुरी हिरनको अन्तिम उपस्थिति 1955 सालमा दर्ता भएको थियो।
उत्तर बंगालका मुख्य वनसंरक्षक भास्कर जे. वी. -ले बताए, वाइल्डलाइफ इन्स्टिट्यूट अफ इण्डियाद्वारा दुई वर्षसम्म गरिएको सर्वेक्षणमा नियोरा भ्यालीको वनमा कस्तुरी हिरन उपस्थित रहेको संकेत प्राप्त भएको थियो। त्यसपछि पहाड़ी क्षेत्रमा लगभग 50 वटा ट्र्याप क्यामरा जड़ान गरियो जसमध्ये एउटामा यो दुर्लभ प्रजातिलाई देखियो।
वन अधिकारीहरूको भनाइ छ, यस विषयमा थप शोधको खाँचो छ। विशेष रूपमा यो पत्तो लगाइँदैछ कि कुन प्रजातिको हिरन हो र यसको संख्या कति छ। वन विभागानुसार कस्तुरी हिरनलाई राज्यमा अन्तिम पटक दार्जीलिङको सिंहलिला नेशनल पार्कमा सन् 1955-मा देखिएको थियो।
वाइल्डलाइफ इन्स्टिट्यूट अफ इण्डियाले वर्ष 2023-देखि 2024 बीच नियोरा भ्यालीमा रेड पाण्डा गणनाको लागि सर्वेक्षण गरेको थियो। समुद्र तलदेखि 3112 मीटर उचाईँमा रहेको यस क्षेत्रमा 17 दिसम्बर, 2024-मा जड़ान गरिएको ट्र्याप क्यामराा कस्तुरी हिरनको तस्वीर कैद भएको छ।
कस्तुरी हिरनलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको आईसीयूएन रेड लिस्टमा संकटग्रस्त श्रेणीमा राखिएको छ। नियोरा भ्याली अतिरिक्त देशका अरुणाचल प्रदेश, हिमाचल प्रदेश, जम्मू औ कश्मीर, सिक्किम तथा उत्तराखण्डका वनहरूमा पनि कस्तुरी हिरन पाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
