कोरबा/जांजगीर–चाम्पा, २६ नोभेम्बर (हि.स.)। छत्तीसगढ़को जांजगीर–चाम्पा जिल्लाको सुकली गाउँमा ट्रक र स्कोर्पियो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गराइएको छ। चिकित्सकहरूले उनीहरूको अवस्था गम्भीर रहेको बताएका छन्।
जांजगीर पुलिसले जानकारी दिए अनुसार, यो दुर्घटना गए राति नेशनल हाईवे ४९ अन्तर्गत सुकली गाउँ नजिक भएको हो। स्कोर्पियोमा सवारी जन्तिबाट फर्कंदै थिए। त्यही क्रममा स्कोर्पियो र ट्रक एकअर्कामा ठोक्किए। ठक्कर यति भीषण थियो कि स्कोर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पुलिसका अनुसार, मृतकहरूको पहिचान नवागढ़ क्षेत्रको सड़क पारा तथा शान्ति नगर निवासी विश्वनाथ देवागन (४३), राजेन्द्र कश्यप (२७), पोमेश्वर जलतारे (३३), भूपेन्द्र साहू (४०) र कमलनयन साहू (२२)का रूपमा गरिएको छ।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
