तिनसुकिया, 30 दिसम्बर (हि.स.)। तिनसुकिया जिल्लाको मार्घेरीटाको माकुममा सड़क दुर्घटनामा एक महिलाको मृत्यु भयो। महिलाको पहिचान जयनगर बस्ती निवासी सिंफो सिरी (35) को रूपमा गरिएको छ।
पुलिस अनुसार, शनिवार मार्घेरीटाको एक नम्बर माकुम पथार क्षेत्रस्थित भारत पेट्रोल पम्प सामू बिहान लगभग 5.40 बजी बोलेरो पिकअप (एएस-33सी-0255) ले साइकलमा भ्रमणमा निस्केको सिन्फोलाई हिर्कायो। घटनास्थलमै उसको मृत्यु भयो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार/भवानी
