गान्तोक, 10 जुलाई (हि.स.)। लोकसभा सांसद एवं सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष डा. निशिकान्त दुबेले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको आधिकारिक आवासमा भेट गरे। समिति हाल गुवाहाटी, सिलगढी र सिक्किमको अध्ययन भ्रमणमा रहेको छ।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष डा. निशिकान्त दुबेसॅंग आफ्नो आधिकारिक आवासमा भेट भएको जानकारी गारएका छन्। यस भेटको क्रममा सांसद दुबेले मुख्यमन्त्रीलाई समिति गुवाहाटी, सिलगढी र सिक्किमको अध्ययन भ्रमणमा रहेको जानकारी गराए। उनले भ्रमणको उद्देश्य क्षेत्रीय सरोकारवालाहरूसॅंग भेट गरेर प्रमुख डिजिटल पहलहरूको आधारभूत स्तरको कार्यान्वयनको मूल्याङ्कन गर्नु रहेको बताए।
मुख्यमन्त्री तामाङले सांसद दुबे र समितिका सबै प्रतिष्ठित सदस्यहरूलाई फलदायी र प्रभावकारी भ्रमणको लागि शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल
