– पवन चामलिङ पोकलोक कामरामङबाट चुनाउ लड्ने
– पीडी राई लोकसभा उम्मेदवार
गान्तोक, सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आगामी लोकसभा र विधानसभा चुनाउहरूको निम्ति आज (सोमवार) आफ्नो उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ। एसडीएफले आज एक लोकसभा लगायत 26 विधानसभा क्षेत्रका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ।
एसडीएफ अध्यक्ष पवन चामलिङ पोकलोक कामरामङ निर्वाचन क्षेत्रबाट चुनाउ लडिरहेका छन्। एसडीएफले पूर्व लोकसभा सांसद पीडी राईलाई आफ्नो लोकसभा उम्मेदवार बनाएको छ। यसरी नै पूर्व सङ्घ विधायक आचार्य छिरिङ लामालाई सङ्घ उम्मेदवार चयन गरिएको छ। भाइचुङ भोटियालाई बर्फुङ निर्वाचन क्षेत्रको उम्मेदवार बनाइएको छ।
एसडीएफद्वारा जारी उम्मेदवारहरूको पहिलो सूची:
1. लोकसभा – पीडी राई
2. योक्सम टाशीडिङ – मियोङ ग्याछो भोटिया
3. याङथाङ- केशम लिम्बू
4. रिन्छेनपोङ- सोनाम पाल्देन भोटिया
5. दरामदिन- पीएन शेर्पा
6. सोरेङ च्याखुङ- डा. एडी सुब्बा
7. जूम सालघारी- जेबी दर्नाल
8. बर्फुङ- भाइचुङ भोटिया
9. पोकलोक कामराङ- पवन चामलिङ
10. नाम्ची सिङ्घीथाङ- बिमल राई
11. मल्ली- निर्मल कुमार प्रधान
12. तिमी नामफिङ- सुमन तिवारी
13. राङगाङ याङगाङ- एमके सुब्बा
14. तुमिन लिंगी- नोरजाङ लेप्चा
15. खाम्दोङ सिङताम- डा. एमके शर्मा
16. रिनाक- डा. संगीता भण्डारी
17. छुजाचेन- एमके गुरूङ
18. नाथाङ माछोङ- छिरिङ वाङ्गदी लेप्चा
19. मार्ताम रूम्तेक- डा. मिचुङ भोटिया
20. अप्पर तादोङ- डा. सीबी छेत्री
21. आरिथाङ- आशिष राई
22. गान्तोक- पिन्चो छोपेल लेप्चा
23. अप्पर बुर्तुक- डीबी थापा मंगर
24. काबी लुङचोक- जीसी लेप्चा
25. जङ्गघु- सोनाम ग्याछो लेप्चा
26. लाचेन मंगन- हिस्से लाचुङ्गपा
27. सङ्घ- आचार्य छिरिङ लामा
