
शिलाङ, 09 दिसम्बर (हि.स.)। मेघालयमा मिजोरमको एक व्यक्तिलाई अवैध हतियारहरूको साथ पक्राउ गरियो। पुलिस अनुसार, मेघालय पुलिस र मिलिट्री इन्टेलिजेन्सको संयुक्त अभियानमा यो सफलता हासिल भएको हो। मिजोरमको यक व्यक्तिलाई मेघालयको री-भोई जिल्लाको 9 माइल बारीद्वारबाट त्यस समय पक्राउ गरियो, जब व्यक्ति यी अवैध हतियारहरू बेच्न आएको थियो। पुलिसले पक्रा परेको व्यक्तिदेखि एके 47 को एक हजार 052 जिउँदो गोली, ग्रेनेड, म्याग्जीन, राइफल, पिस्तौल जफत गरेको छ। यस क्रममा अघिको कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/भवानी
