मुम्बई, 26 नोभेम्बर (हि.स.)। पुणेको टिंगरेनगरको विश्रान्तवाड़ीमा विद्यानगर गली नम्बर 8 मा साईकृपा लज निकट बुधवार बिहान बममा प्रयोग गरिने जिलेटिन र तार भेटिएपछि क्षेत्रमा आतङ्क फैलियो। इविश्रांतवाड़ी पुलिसले जिलेटिन र तार जफत गरी दुई जना विरूद्ध मामिला दर्ता गरेको छ। पुलिसले स्थानीय नागरिकहरूलाई शान्ति बनाएर राख्ने र सतर्क रहने अपील गरेको छ।
यस घटनाको जाँच गरिरहेका पुलिस उपनिरीक्षक विलास मानेले बताए, जब विद्यानगर आरोग्य कोठीका सफाईकर्मीले टिंगरेनगरमा सफाई गरिरहेका थिए तब एउटा खाली प्लटको गेट निकट सड़कमा एउटा बोरा देखियो। त्यस बोरामा ढुंगा फुटाउनमा प्रयोग हुने जिलेटिन र तार थियो। यसबाट स्थानीय नागरिकहरूबीच आतङ्क फैलिएको थियो। पुलिसले बम स्क्वाडलाई पनि घटनास्थलमा बोलायो र जिलेटिन र तार जफत गरिएको छ। जफत गरिएको बोराको तलाशी लिँदा त्यसबाट 138 जिलेटिनको रड र 135 डेटोनेटरको तार भेटियो, जसको कूल दर 10,920 रूपियाँ छ।
यस मामिलामा राहुल सुदाम वाजे र किसन धनवटे विरूद्ध लापरवाहीले खतरनाक समान राखेको मामिला दर्ता गरिएको छ। विश्रान्तवाड़ी पुलिस स्टेशनका वरिष्ठ पुलिस निरीक्षक मंगेश हान्डेले भने, मामिलाको छानबीन जारी छ। उनले मानिसहरूसित यदि उनीहरूले कुनै संदिग्ध समान भेटाए तुरन्तै पुलिससित सम्पर्क गर्ने अपील गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
