– सिटी मजिस्ट्रेट र नगर पालिका ईओको उपस्थितिमा खनन् प्रारम्भ
संभल, 26 नोभेम्बर (हि.स.)।
उत्तर प्रदेशको संभलमा सन् 1978 का दङ्गासँग सम्बन्धित एक मुद्दामा बुधबार संभल थाना क्षेत्रमा पर्ने एकता पुलिस चौकी महमूद खां सरायस्थित मुख्य बजारको बन्द इनारको खुदाइ सुरु गरिएको छ।
जाँचमा आएको तथ्य अनुसार यस कुआंमा परचून व्यापारी रामशरण रस्तोगीको हत्यापछि उनको शवलाई बाँधेर फालिएको थियो।
संभल हिंसाको वार्षिकीमा 24 नोभेम्बर 2024 का दिन जिलाधकारी डा. राजेन्द्र पैंसिया र पुलिस अधीक्षक कृष्ण विश्नोईले क्षेत्रको निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा फुट पेट्रोलिङ पनि गरिएको थियो। कुआंको ठीक अगाडि रहेको अकबरपुर मण्डीमा मृतक रामशरण रस्तोगीका भतिजा सुशील रस्तोगीको दोकान छ, जहाँ अधिकारीहरूले उनीसँग विस्तृत कुराकानी गरेका थिए।
शिकायतको आधारमा डीएम र एसपीले सिटी मजिस्ट्रेट सुधीर कुमार तथा पालिका ईओ डा. मणिभूषण तिवारीलाई कुआंको खनन् गर्ने निर्देशन दिएका थिए। त्यसअनुसार, बुधबार दुवै अधिकारीको उपस्थितिमा मजदूरहरूले खनन् काम शुरु गरेका हुन्।
मृतकका भतिजा सुशील रस्तोगीले बताए अनुसार, सन् 1978 को दंगामा उनका काकाको क्रूरतापूर्वक हत्या गरि शव कुआंमा फालिएको थियो। उनले भने, डीएम र एसपीले यस सम्बन्धमा उनीहरूबाट जानकारी लिएका थिए।
मृतकका नाति कपिल रस्तोगीले हालै 10 फरवरी, 2025 मा एसडीएम र डीएमलाई प्रार्थना पत्र दिएर न्यायको गुहार लगाएपछि विषय फेरि अघि आएको हो।
यस विषयमा सिटी मजिस्ट्रेट सुधीर कुमारले जानकारी दिँदै भने, डीएम र एसपीले 24 नोभेम्बरको फुट पेट्रोलिङका दौरान कुआंको निरीक्षण गरेका थिए। उनका अनुसार, कुआंको खनन्का लागि आदेश दिइएको छ र त्यसैका क्रममा आज कार्य अगाडि बढाइँदैछ। उनले थपे, यो कुआंको इतिहास निकै पुरानो छ र सन् 1978 का दङ्गासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
