गुवाहाटी, नगाउॅंमा 86 लाख रूपियॉंको हेरोइनको साथमा दुई जनालाई पक्राउ गरिएको छ। उक्त पदार्थ सोमवार डिमापुरदेखि नगाउॅं ल्याइएको थियो।
नगाउॅं पुलिसले सोमवार दिउॅंसो नगाउॅं घण्टाघर छेउ प्रतिबन्धित हेरोइन जफत गरेको थियो। जफत गरिएको हेरोइनको अनुमानित मूल्य 86 लाख रूपियॉं अनुमान लगाइएको छ।
पक्रा परेका तस्करहरूको नाम अनारुल इस्लाम र मोइनुउद्दीन अहमद बताइएको छ। पुलिसले एउटा वाहन पनि जफत गरेको छ। उक्त वाहनमा आरोपीहरूले हेरोइन लिएर आएका थिए।
