कोलकाता, 07 जुलाई (हि. स.)। कसबा ल कलेजमा भएको सामूहिक दुष्कर्मको मामिलामा पुलिसले द्रूत गतिमा जाँच गरिरहेको छ भने मुख्य आरोपी मनोजीत मिश्रालाई डिजीटल प्रमाणहरूको आधारमा घेर्ने रणनीतिमाथि काम शुरू गरेको छ। मामिलाको तकनिकी तथा साइबर जाँचलाई सशक्त बनाउनको लागि सरकारको पक्षबाट विशेष सरकारी वकिलको रूपमा साइबर विशेषज्ञ विभास च्यटर्जीलाई नियुक्त गरिएको छ।
लाल बजारस्थित पुलिस मुख्यालय सूत्र मुताविक घटना घटेको राती मनोजीत कलेज परिसरमा उपस्थित थियो र पीड़िता पनि त्यहीँ थिइन्। दुवैको मोबाइल टावर लोकेशनबाट यस कुराको पुष्टि भएको छ। पुलिसले यसको लागि टावर डम्पिंग तनकिक प्रयोग गऱ्यो जसबाट त्यस क्षेत्रबाट गरिएको इनकमिंग र आउटगोइंग कल्सको डेटा प्राप्त गरियो।
यसबाहेक कलेज परिसरमा रहेका सीसीटीभी क्यामराहरूको फुटेज पनि जाँच टीमको हातमा परेको छ। मनोजीतको मोबाइल जफ्त गरिसकिएको छ जसबाट धेरैवटा महत्वपूर्ण प्रमाणहरू भेटिएको छ।
गूगल लोकेटरबाट पनि प्राप्त गर्न सकिन्छ महत्वपूर्ण प्रमाणसाइबर विशेषज्ञ किंजल घोषको भनाइ छ, कुनै व्यक्तिको लोकेशन साबित गर्नमा गूगल लोकेटर सहयोगी साबित हुनसक्छ। यदि कुनै व्यक्तिले लोकेशन शेयरिंग बन्द गरेको भए पनि गूगल म्यापको माध्यमबाट अक्षांश र देशान्तरको माध्यमबाट उक्त स्थानको बारेमा पत्तो लगाउन सकिन्छ। देशभरि नै हत्याका मामिलाहरूमा यस तकनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
पुलिस सूत्रले बतायो, घटना घटेको राती आरोपी जैब नामक विद्यार्थी एउटा मेडिकल स्टोरमा इनहेलर खरिद गर्न गएको थियो। त्यस स्टोरको सीसीटीभी फुटेज र डिजीटल पेमेन्टको रेकर्ड पनि पुलिसले जफ्त गरेको छ। यस अतिरिक्त अन्य आरोपीहरूको लोकेशन अनि पीड़िताको मोबाइलबाट प्राप्त जानकारीहरूलाई पनि अदालतमा प्रमाणको रूपमा पेश गरिनेछ।
एकजना वरिष्ठ जाँच अधिकारीले बताए, घटनापछि सोशल मीडियामा मनोजीत मिश्राविरूद्ध अन्य सिकायत तथा आरोप सामु आएको छ। यदि भविष्मा कुनै नयाँ सिकायत दर्ता भए भाइरल भिसकेका तस्वीरहरू अनि भीडियोको पनि फोरेन्सिक जाँच गरिनेछ।
वकिल अनिर्बाण गुहा ठाकुरताले बताए, जाँचमा थप दुईवटा तकनिकलाई प्रयोग गर्न सकिन्छ ‘फेब्रिकेशन’ र ‘गेट प्याटर्न’। फेब्रिकेशन पद्धतिमा पीड़िताको नङबाट आरोपीको शरीर वा कपड़ाको नमूना लिइन्छ भने गेट प्याटर्न तकनिक अन्तर्गत आरोपीको चाल-चलनलाई सीसीटीभी फुटेजसित मेल गराउन सकिन्छ। यदि आवश्यक परे मनोजीतमाथि पनि यो तकनिक लागू गर्न सकिन्छ।
उनले यो पनि भने, सबै डिजीटल प्रमाणहरूलाई केन्द्रिय फोरेन्सिक प्रयोगशाला (सीएफएसएल)-मा पठाएर त्यसको रिपोर्ट तयार गरिनेछ जसलाई अदालतमा पेश गरिनेछ। ट्रायल शुरू भएपछि सबै साक्ष्यहरूलाई अदालतमा सुम्पिएर जाँच एजेन्सीले आरोपीहरूको अपराधलाई साबित गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
