लखनऊ, 07 जुलाई (हि.स.)। केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्य मन्त्री कीर्ति वर्धन सिंहका पिता एवं पूर्व मन्त्री आनन्द सिंहको आइतवार अबेर राति लखनऊमा निधन भयो। अन्तिम यात्रा आज (7 जुलाई) दिउँसो 3 बजी निवास मनकापुर कोट, गोन्डामा सम्पन्न हुनेछ। यसको सूचना केन्द्रिय राज्य मन्त्री कीर्ति वर्धन सिंहले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा दिएका छन्।
उनले लेखेका छन्, तपाई सबैलाई अत्यन्त दुःखको सात सूचित गर्नुपरिरहेको छ कि आज राति मेरा पिता सबैको अभिभावक (आनन्द सिंह) पूर्व मन्त्री उत्तर प्रदेश एवं पूर्व सांसदको निधन भएको छ। उनी देवलोकगमन हुनु मेरो जीवनको अपूरणीय क्षति हो। उनको अन्तिम यात्रा आज दिउँसो 3 बजी मेरो निवास मनकापुर कोट, गोन्डामा सम्पन्न हुनेछ।
आनन्द सिंह उत्तर प्रदेशको समाजवादी पार्टी (सपा) सरकारमा कृषि मन्त्री रहे। यस अगाड़ी उनी कांग्रेस पार्टीमा रहे र गोन्डा संसदीय क्षेत्रबाट चार पल्ट सांसद रहे। उनको निधनमा मुख्यमन्त्री योगी आदित्यनाथ एवं पूर्व मुख्यमन्त्री अखिलेश यादवले संवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथले एक्समा लेखेका छन्, केन्द्रिय राज्य मन्त्री कीर्ति वर्धन सिंहका पिता एवं पूर्व मन्त्री र पूर्व सांसद आनन्द सिंहको निधन अत्यन्त दुःखद छ। विनम्र श्रद्धाञ्जलि। प्रभु श्री रामसित प्रार्थना छ, दिवंगत पुण्यात्मालाई आफ्नो श्री चरणहरूमा स्थान तथा शोकाकुल परिजनहरूलाई यो अथाह दुःख सहने शक्ति प्रदान गरून्।
हिन्दुस्थान समाचार / भवानी थामी
