
हल्द्वानी, 13 नोभेम्बर (हि.स.)। उत्तराखण्डको हल्द्वानीमा आनन्दपुरी नवावी रोडस्थित कुमाउॅं टेन्ट आउसको गोदाममा तिहारको राति लागेको आगोले तीनजनाको मृत्यु भएको छ। तीनै जना कर्मचारी थिए। उनीहरू गोदाममा सुतिरहेका थिए। आगोले गोदामको सम्पूर्ण सामान जलेर खरानी भएको छ। यसको पुष्टि एसपी सिटी हरबंस सिंहले गरेका छन्।
उनले भने, राति लगभग 12 बजी हल्द्वानी र रामनगरबाट आइपुगेको दमकलको 22 गाडीले तीन घण्टासम्म अथक प्रयास गरेपछि आगोलाई नियन्त्रित गऱ्यो। तीनैजनाको शव आगोले ढडेको थियो। यस कारण उनीहरूको पहिचान गर्न पनि समस्या भइरहेको छ।
पुलिस अनुसार, मुनीम खीम सिंहले यो टेन्ट हाउस पुष्पा हैडिया हल्द्वानीको नाममा पंजीकृत छ भनी बताएका छन्। यसको देखरेख उनको छोरा गिरीश चन्द्र हैडियाले गर्छन् भने यहॉं कुल छ कर्मचारी कार्यरत रहेको उनले बताए। उनीहरू मध्ये सुमेत, गुड्डू उर्फ लालता प्रसाद र नीरज कुमार जीवित छन्। अन्य तीन कर्मचारी बेपत्ता रहेका छन् भने उनीहरूको मृत्यु भएको सिंहले आशंका व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार/भवानी
