
इटावा, 17 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको इटावा जिल्लाको इकदिल थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा शनिवार अबेर राति द्रूत गतिको 22 चक्के ट्राला मानिसहरूलाई हिर्काउॅंदै चिया दोकानभित्र पस्यो। दुर्घटनामा चिया विक्रेतासहित चारजनाको मृत्यु भयो। दुईजना गम्भीर रूपमा घाइते भएका छन्। उक्त जानकारी वरिष्ठ पुलिस अधीक्षक संजय कुमार वर्माले दिए।
एसएसपी वर्माले भने, घाइतेहरूलाई जिल्ला अस्पतालमा भर्ती गरिएको छ। इलेक्ट्रिक वायर लोड गरिएको ट्राला रांचीबाट दिल्ली गइरहेको थियो। यसका चालकले नशाका कारण सन्तुलन गुमाएपछि यो दुर्घटना भएको हो। मृतकहरूमा संचालक कुलदीप शर्मा, सूरज, संजय र तालिब सामेल छन्। घाइतेहरूको नाम राहुल र सौरभ बताइएको छ।
हिन्दुस्थान समाचार/भवानी
