नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.) सेनाले गए आइतवार स्पष्ट पारेको छ, अग्निवीर अमृतपाल सिंहले आत्महत्या गरेका थिए,यसैले सैन्य प्रोटोकल अनुसार उनको अन्तिम संस्कारमा सैन्य सम्मान दिइएन। उल्लेख्य, पंजाबको कोटली कलाँका वासिन्दा अमृतपाल सिंहलाई लिएर केही दिनपूर्व बहस शुरू गर्ने प्रयास गरिएको थियो कि देशका पहिलो अग्निवीरलाई उचित सम्मान दिइएन।
आम आदमी पार्टीदेखि लिएर मीडिया औ सोशल मीडियादेखि लिएर जम्मू-कश्मीरका राज्यपाल रहिसकेका सत्यपाल मलिकसम्मले यो प्रचार गरे, अमृतपाल सिंहलाई सैन्य सम्मानपूर्वक विदाई यसकारणले नदिइएको हो किनभने उनी सेना भर्तीको नयाँ योजना अग्निवीर अन्तर्गत भर्ती भएका थिए। आम आदमी पार्टीको पंजाब सरकारले आफ्नो पक्षबाट एक करोड़ रुपियाँको सहायता राशि घोषणा गर्दै मृतकलाई शहीदको दर्जा दिने घोषणा गरेको छ।
सेनाले गए आइतवार स्पष्ट पारिसकेक छ कि 10 ज्याक रिफ (जम्मू-कश्मीर लाइट इन्फ्यान्टी)- मा सन्तरीको रूपमा भर्ती भएका अमृतपाल सिंहले ड्यूटी अवधि आफैमाथि गोली ठोकी आत्महत्या गरेका थिए। यसैले उनको अन्तिम संस्कारमा सैन्य सम्मान दिइएन, किनभने आफैले पुऱ्याएको चोटको कारणले भएको मृत्युलाई शहीदको सम्मान दिइँदैन। सेनाद्वारा जारी बयानमा उल्लेख गरिएको छ, सेनाले सैनिकहरूमाझ यस आधारमा भेदभाव गर्दैन कि उनीहरू अग्निपथ योजनाको क्रियान्वयनभन्दा पहिला वा पछि भर्ती भएका हुन्।
सेनाले स्पष्ट पारेको छ, वर्तमान व्यवस्था अनुरूप, चिकित्सीय-कानूनी प्रक्रियाहरूको संचालन पश्चात पार्थिव देहलाई सेनाको व्यवस्था अन्तर्गतै एक संरक्षक पार्टीको साथमा अन्तिम संस्कारको निम्ति उनीहरूको मूल स्थानमा पुऱ्याइयो। सेनाले सशस्त्र बलमा शहीद हुनेहरूलाई प्राप्त हुने लाभ अनि गार्ड अफ् अनरको सम्बन्धमा अग्निपथ योजना क्रियान्वयन हुनुभन्दा अगाड़ि वा पछाड़ि सामेल भएका सैनिकहरूमाझ कुनै भेदभाव गर्दैन। सेनाको बयान अनुसार वर्ष 1967 -को प्रचलित सेना आदेश अनुसार आत्महत्या गर्ने सैनिक सैन्य अन्त्येष्टिको हकदार हुँदैन। यदि सेनाको कुनै पनि कोर वा कुनै पनि जवानले दुर्भाग्यपूर्ण परिस्थितिमा आत्महत्या जस्तो कदम उठाउँछ भने उसलाई शहीदहरूको जस्तो सैन्य सम्मान दिइँदैन। यस विषयलाई कुनै प्रकारको भेदभाव नगरी आजसम्मै पालन गरिँदै आएको छ।
अग्निवीर योजना अन्तर्गत भर्ती भएका अमृतपाल सिंहको अन्तिम संस्कारको विषय चर्चामा आएपछि तथा त्यसबाट सृजित नकारात्मक वातावरणलाई मध्यनजर गर्दै सेनालाई आफ्नो बयान जारी गर्नुपऱ्यो। सेनाको भनाइ छ, आत्महत्या गर्ने सैनिकहरूको बारेमा पूर्ण स्पष्टिकरण यसकारणले दिइँदैन किनभने यसबाट उनीहरूको प्रतिष्ठानमा दाग लाग्छ। हामी यस्तो परिस्थितिमा परिवारको सम्मान अनि प्रतिष्ठालाई कायम राख्नको लागि मृत्युका कारणहरूलाई सार्वजनिक गर्दैनौं, गोपनीय राख्छौं।
हिन्दुस्थान समाचार/उष्णता
