
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। आयकर विभागले कर्णाटक सहित अन्य राज्यहरूमा सरकारी ठेकादार तथा ‘रियल स्टेट’ व्यापारीहरूविरूद्ध गरेको छापामारीको कारबाहीमा 94 करोड़ रुपियाँ नगद, 8 करोड़ रुपियाँको सुन-हीराद्वारा निर्मित आभूषण अनि 30 वटा विदेशी महँगो घड़ीहरू जफ्त गरेको छ।
वित्त मन्त्रालयले सोमवार एक आधिकारिक बयान मार्फत उक्त आशयको जानकारी गराएको छ। आयकर विभाग अनुसार छापामारी गत 12 अक्टोबरको दिन बेङ्गलुरू, तेलङ्गाना र आन्ध्र प्रदेशका केही शहर तथा राजधानी दिल्ली सहित 55 ठेगानाहरूमा गरिएको थियो। मन्त्रालयले केन्द्रिय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी)-को आधारमा बता अनुसार छापामारीमा आयकर विभागले लगभग 94 करोड़ रुपियाँको बेनामी नगद तथा 8 करोड़ रुपियाँको सुन र हीराका आभूषण जफ्त गरेको छ।
सीबीडीटी मुताविक आयकर विभागले छापेमारी अवधि एक निजी कम्पनीमा कार्यरत व्यक्तिको परिसरबाट विदेश निर्मित 30 महँगो घड़ीहरू पनि जफ्त गरेको छ। जबकि सम्बन्धित व्यक्तिको घड़ीहरूको व्यापारसित कुनै सरोकार नै छैन।
हिन्दुस्थान समाचार/उष्णता
