इम्फाल, 25 फरवरी। मणिपुरमा लगातार हतियार अनि गोला-बारूद जफत गरिने क्रम जारी छ। यसै क्रममा पुलिसले आज बतायो, सुरक्षा बलहरूले तीनजना मानिसहरूलाई हतियारसितै पक्राउ गेरको छ।
जानकारी अनुसार मणिपुरको बिष्णुपुर जिल्लाका बासिन्दा नाओरेम इनाओतोम्बा सिंह (52), वाहेंगबाम इनाओचा (47) उपनाम इरिबा मैतेई र वाहेंगबाम होमेंड्रो सिंह (28) उपनाम नाओटनलाई इम्फाल पश्चिम जिल्लाको किशमपत जंक्शनबाट पक्राउ गरियो। पक्रा परेका व्यक्तिहरूबाट दुईवटा एसएलआर राइफल औ प्रत्येकमा बीस-बीस राउण्ड भरिएको दुईवटा म्यागजीन जफत गरियो। यस सम्बन्धमा अग्रिम जाँचको लागि मामिला दर्ता गरिएको छ।
