राँची, 15 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार बिहान राजधानी राँचीको जेल रोडस्थित भगवान बिरसा मुण्डा जनजातीय स्वतन्त्रता सेनानी सङ्ग्रहालयको भ्रमण गरे। उनले धरती आबा भगवान बिरसा मुण्डाको जयन्तीको उपलक्ष्यमा सङ्ग्रहालयमा अवस्थित भगवान बिरसा मुण्डाको प्रतिमामा पुष्प अर्ण गरी उनलाई श्रद्धाञ्जलि दिए। यसको केही क्षणमै प्रधानमन्त्री राँचीदेखि खूँटी तर्फ प्रस्थान भए।
प्रधानमन्त्रीले ‘धरती आबा काराकक्ष’ एवं परिसरमा स्थापित शहीदहरूका प्रतिमाहरूको अवलोकन पनि गरे। यस अवसरमा प्रधानमन्त्रीसित मुख्यमन्त्री हेमन्त सोरेन, राज्यपाल सीपी राधाकृष्णन औ केन्द्रियमन्त्री अर्जुन मुण्डा पनि उपस्थित थिए। जीवनका अन्तिम दिनहरूमा भगवान बिरसा मुण्डाले अन्तिम सास लिएको ब्यारकलाई हेर्न पनि प्रधानमन्त्री पुगे।
यस अवधि प्रधानमन्त्रीले ब्यारकमा स्थापित भगवान बिरसा मुण्डाको प्रतिमामा पुष्पाञ्जलि अर्पण गरी सारा देशको पक्षबाट श्रद्धासुमन अर्पण गरे अनि उनको योगदानलाई स्मरण गरे। प्रधानमन्त्री लगभग आधा घण्टासम्म भगवान बिरसा मुण्डा स्मृति पार्क एवं सङ्ग्रहालयमा बसे। त्यसपछि भगवान बिरसा मुण्डाको गाउँ उलिहातू (खूँटी) तर्फ प्रस्थान भए।
हिन्दुस्थान समाचार/उष्णता
