मुरादाबाद। जिल्लाको पाकबड़ा थाना क्षेत्र निवासी एक महिलाले थाना पुलिसकहाँ सिकायत गरी आफ्ना देवर अनि नन्देभाइमाथि अश्लील व्यवहार गरेको आरोप लगाएकी छे। पीड़िताको भनाइ छ, उसले उक्त घटनाको सिकायत आफ्ना पतिसित गर्दा पतिले उसलाई तीन तलाक दियो। गए आइतवार थाना पुलिसले महिलाको सिकायतमा मुद्दा दर्ता गरेको छ।
पुलिसको सिकायतमा पीड़ित महिलाले बताएकी छे, उसको विवाह गत वर्ष 29 नोभेम्बर, 2023-मा सम्भल जिल्लाको हयातनगर थाना क्षेत्रमा बस्ने युवकसित भएको थियो। विवाहमा दिइएको दाइजोदेखि ससुराली खुसी थिएन। पतिले पनि उसलाई विभिन्न प्रकारले सताउन थाल्यो। एक दिन महिलासित देवर र नन्देभाइले पनि अश्लील व्यवहार गरे। महिलाले विरोध गर्दा आरोपीहरूले पतिसित सम्बन्ध विच्छेद गराइदिने धम्की दिए। महिलाले यसको सिकायत सासु-ससुरा, पतिसित पनि गरी, तर उनीहरूले उल्टै पीड़ितालाई थर्काए।
गत 29 फरवरीमा सूचना पाएर महिलाका माइतीहरू उसको घरमा आए, तर उनीहरूसित पनि कुटपिट गरियो। त्यसपछि आरोपी पतिले तीन पल्ट तलाक भनेर अबदेखि तेरो र मेरो सम्बन्ध छैन भनेर सम्बन्ध विच्छेद गऱ्यो। थाना पाकबड़ाका एसएचओ राजीव कुमार शर्माले बताए, पीड़िताको रिपोर्टको आधारमा आज उसका आरोपी पति, देवर र नन्देभाइविरूद्ध मुद्दा दर्ता गरिएको छ।
