गान्तोक,। ‘डा. ए.डी. सुब्बा समाजसेवी र अनुभवी नेता हुन्। उनले तपाईँहरूको हितको पक्षमा निष्ठापूर्वक काम गर्नेछन्। उनलाई भोट दिएर जिताउनुहोस्’, उक्त आग्रह एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सोरोङ-कर्थोकको चुनावी जनसभामा स्थानीय जनतालाई गरेका हुन्ा्।
एसडीएफ पार्टीले आजदेखि आरम्भ गरेको 11औँ राज्यसभा र 18औँ लोकसभा चुनाउ प्रचार अभियानको दोस्रो चरणमा सोरेङ-च्याखुङ समष्टिअन्तर्गत कर्थोकमा सम्पन्न भयो। चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्षले पीडी राईको वरिष्ठता र अनुभवलाई ध्यानमा राखेर सिक्किम र सिक्किमेली जनताको अस्तित्व सुरक्षा गर्नका निम्ति पार्टीले लोकसभाको उम्मेदवार बनाएको हुनाले राईलाई जिताउन जनतालाई अपील गरे।
सम्बोधनका क्रममा उन अझ भने, संविधानले प्रदान गरेका समस्त हक अधिकारको सुरक्षा गर्नु, पुराना कानूनहरूलाई अक्षुण्ण राख्न र सिक्किमेलीहरूको अस्तित्व र भविष्य बचाउन एसडीएफ पार्टी प्रतिबद्ध रहेको अवगत गराए। एसकेएम सरकारले पुराना कानूनहरूको उल्लङ्घन गरेको उनले आरोप लगाए।
उनले भने, सिक्किमलाई भारतमा गाभ्दा विलयको शर्तअनुसार भारत सरकारले 371एफ- को संवैधानिक ग्यारेण्टी गरेर सिक्किमका पुराना कानूनहरू, सिक्किमेका अधिकारहरूको सुरक्षा गर्ने वचन दिएको थियो। हाम्रो एसडीएफ सरकारले सिक्किमका पुराना कानूनहरूको पूर्ण सुरक्षा गरेर राखेको थियो। तर वर्तमान सरकारले पुराना कानूनहरूको उल्लङ्घन गरेको छ।
चुनावी जनसभालाई लोकसभा उम्मेदवार पीडी राई र सोरेङ च्याखुङ समष्टिका एसडीएफ पार्टी उम्मेदवार डा. एडी सुब्बाले पनि सम्बोधन गरेका थिए। आज एसकेएम पार्टीका समर्थक तथा कार्यकर्ताहरूले आफ्नो पार्टी परित्याग गरी एसडीएफ पार्टीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।
