कोलकाता, 27 फरवरी : उत्तर 24 परगनाको हिंसाग्रस्त सन्देशखाली क्षेत्रको स्थिति सामान्य भइरहेको छैन। यहाँ मंगलवार विरोध प्रदर्शन गर्ने महिलाहरूसित भेट गर्न गइरहेका इण्डियन सेकुलर फ्रण्ट (आईएसएफ)-का एकमात्र विधायक नौशाद सिद्दीकीलाई पुलिसले पक्राउ गरेको छ। धारा 144-को उल्लंघन गरेको आरोपमा भांगरका विधायक नौशाद सिद्दीकीलाई पक्राउ गरिएको हो।
विशेष कुरा, को हो भने सन्देशखाली आउन धेरै अगाड़ि नै विधायकलाई साइन्स सिटी नजिकबाटै पक्राउ गरिएको थियो। आईएसएफ विधायक मंगलवार बिहान सन्देशखाली तर्फ गइरहेका थिए। आरोप छ, धारा 144 लागू भएको बताउँदै उनलाई घटनास्थलदेखि 62 किलोमीटर टाड़ा नै रोकियो। यसलाई लिएर उनको पुलिसकर्मीहरूसित निकै चर्काचर्की भयो र पछि उनलाई पक्राउ गरियो।
नौशादले दाबी गरे, उनीसित चारजनाभन्दा अधिक मानिसहरू थिएनन्। उनी एक्लै पनि जान तयार भएका थिए, तर पनि पुलिसले उनलाई पक्राउ गऱ्यो। यो अवैधानिक हो। नौशादलाई जेलको भ्यानमा चढ़ाएर लालबजार लगिँदैछ। यहाँबाट उनलाई रिहा गरिनेछ।
उल्लेखनीय छ, सन्देशखाली जाने क्रममा भाजपा अध्यक्ष सुकान्त मजुमदार र नेता प्रतिपक्ष शुभेन्दु अधिकारी सहित अन्य दलका नेताहरूलाई पनि पहिला नै हिरासतमा लिइएको थियो।
