इम्फाल, 02 फरवरी : मणिपुरमा हतियार अनि गोला-बारूद लगातार जफत गरिँदैछ। यसै सिलसिलामा मणिपुर पुलिस, मणिपुर राइफल्स, असम राइफल्स, बीएसएफ तथा भारतीय सेनाद्वारा अभियान परिचान गरिँदैछ। अभियनको क्रममा भारी मात्रामा हतियार अनि गोला-बारूद भेटिएको छ।
मणिपुर पुलिसले आज दिएको जानकारी अनुसार सुरक्षा बलहरूले पार्वत्य एवं उपत्याका दुवै जिल्लाहरूका सीमान्त अनि संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्व सञ्चालन गरे। यस अभियान अवधि एउटा 12जी शटगन, एउटा म्यागजिनसितै .22 स्वचालित राइफल, नौवटा सिङ्गल ब्यारल राइफल, म्यागजिनसितै एउटा देश निर्मित 9 मिमी पेस्तोल, दुईवटा इम्प्रोभाइज्ड मोर्टर, एउटा इम्प्रोभाइज्ड मोर्टर बम, छःवटा इम्प्रोभाइज्ड मोर्टर बम लोडर, एक केनवुड रेडियो सेट, दशवटा 12 बोर राउण्ड तथा पाँचवटा 9 मिमी राउण्ड चुराचाँदपुर जिल्लाबाट जफत गरियो।
उपत्याका तथा भारत-म्यान्मार सीमामा अवस्थित विभिन्न जिल्लाहरूमा सुरक्षा बलहरूले गहन छापामारी अभियान सञ्चालन गरिरहेका छन्।
