नयाँ दिल्ली, देशका लगभग छः सय वकिलहरूले चीफ जस्टिस डीवाई चन्द्रचूड़लाई पत्र लेखेर सिकायत गरेका छन्, न्यायपालिकालाई बदनाम गराउने एजेण्डा चलाइँदैछ। पत्र लेख्ने वकिलहरूमा वरिष्ठ वकिल हरिश साल्वे, बार काउन्सिल अफ इण्डियाका चेयरम्यान मनन मिश्रा औ सुप्रीम कोर्ट बार एसोसिएशनका अध्यक्ष आदिश अग्रवाल सामेल छन्।
चीफ जस्टिसलाई लेखिएको पत्रमा सिकायतको शैलीमा भनिएको छ, राजनीतिक मामिलाहरूमा न्यायपालिकामाथि दबाब दिने, न्यायाकि प्रक्रियालाई प्रभावित बनाउने तथा अदालतका आदेशहरूलाई गलत ठहर गर्ने अर्थहीन तर्क दिइँदैछ। यसको लागि बकायदा एजेण्डा चलाइँदैछ। पत्रमा भनिएको छ, यो लोकतान्त्रिक व्यवस्थाको लागि खतरा हो।
