लखीसराय, बिहारको लखीसरायमा सोमवार बिहान सड़क दुर्घटनामा चारजनाको मृत्यु भयो। दुर्घटनामा एक व्यक्ति घाइते भएका छन्। उक्त जानकारी आज पुलिसले दिएको हो।
पुलिस अनुसार, विवाह समारोहबाट दुईवटा बाइकमा फर्किरहेका पॉंचजना मेदनी पुलिस थाना क्षेत्रको एनएच 80 हेवतगंज छेउ एउटा अनियन्त्रित ट्रकसॅंग ठोकियो। केही मानिसहरूले हाइवे पेट्रोलिङ टीमलाई घटनाको सूचना दिए। ट्रक ड्राइभर भागेका छन्। सूचना पाएर घटनास्थल पुगेको पुलिस टीमले घाइते व्यक्तिलाई अस्पताल पुऱ्याएको छ। घटनाको सूचना पीड़ितका परिवारहरूलाई दिइएको छ।
मृतकहरूमा पुग्गी यादव (22), लक्ष्मी महतो (45), मनीष कुमार (22) र कुणाल कुमार (16) बताइएको छ। घाइते सूरज कुमारको उपचार चलिरहेको छ।
